BREKING NEWS:


बीरगंजको बिभिन्न नाकाहरु र ग्रामिण भेगका छोटीनाकाहरुबाट ठूलो मात्रामा तस्करी शुरु



शेखर छतकुली
बीरगंज जेष्ठ १ गते
कुनै बेला बीरगंज नेपालको प्रमुख प्रबेश द्धारको रुपमा चिन्ने गरिन्छ भने कहिले आर्थिक राजधानीको रुपमा चिन्ने गरिन्थयो तर अहिले बीरगंजलाई तस्करहरुको संजालले गर्दा अहिले बीरगंजलाई प्रहरीहरुको घुमुवा आतंक र तस्कर नगरीको रुपमा चिनिने गरिन्छ । हुनत एउटा उखानमा भन्न्ो गरिन्छ नेचर र सिंगनेचर कहिले बदलिदैन बदलोस पनी कसरी जुन प्रहरी प्रशासन आएपनी पैसा र रुपैया नै कमाउन यहा आउने गर्छन । प्रहरी चौकीमा सरुवा भएर आएका प्रहरी जवान देखी जिल्ला प्रहरी प्रमुख होस वा अंचल प्रहरी प्रमुख वा मध्य क्षेत्रिय प्रहरी हेटौडाका प्रमुख डि आई सम्म एकदमै पावर लगाएर यहा आउनका लागी तछाड मछाड नै गर्छन जसका कारण यस क्षेत्रमा अपराधी क्रियाक्लाप देखी तस्करी धन्दाले दिन गुणा र रात चौगुणाले बढोत्तरी हुदै गईरहेको छ । त्यस्तै एस पी, एस एस पी, र  डि आई जी सम्मका भुमुवा बस्नका लागी प्रहरी जवानहरु लाखौ रुपैया बराबरको टेन्डर हालेर बस्ने गर्छन । यिनै प्रहरीहरुको मिलोमतोमा बीरगंज नगर र यस क्षेत्रको आसुपासमा तस्करी दिनदिनै फस्टाउदै गईरहेको छ । 
बीरगंजको मुल सडक लगाएत पर्सर्ााे बिभिन्न नाकाहरुबाट अहिले ठूलो मात्रामा तस्करीको लाईन संचालनमा आएको छ ।
शसस्त्र प्रहरीे भंसार राजश्व गस्ति टोलीका प्रमुख शसस्त्र प्रहरी नायव उपरिक्षक तुलसी दाहाल र शसस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय पर्सर्ाा प्रमुख शसस्त्र प्रहरी उपरिक्षक राम प्रकाश श्रेष्ठले भंसार कार्यालयको पछाडी र शंकराचार्य गेटको पर्ुव तिरबाट हरेक दिन राती दश बजे देखी बिहान चार बजे सम्म तस्करी गर्न तस्करहरुलाई निर्वाध रुपमा  ठुलो रकम लिई तस्करी गर्न छुट दिएकाछन ।
तस्करहरुले भारतको रक्शौलबाट भारतिय कस्टम तिरी कहिले भंसारको मुल बाटोबाट त कहिले भंसार कार्यालयको पछाडीको बाटो हुदै टेम्पु र ठेला गाडीमा प्रति टिप ५ हजार रुपैया राजश्व गस्तिका प्रमुख दाहाललाई बुझाएर निर्वाध रुपमा तस्करी गर्न छुट दिएको एक तस्करले  बताएकाछन ।
यसरी तस्करी हुने सामानहरुमा लत्ता कपडा, चिनी, खाधान्य, सुटिङ्ग सटिङ्ग, मोटर पार्टस, हार्डवैयर, स्टिल, पान पराग, पान मसला, सर्ुर्ती जन्य बस्तुहरु रहेकाछन ।
यी सामानहरुमा भंसार महसुल बढी लाग्ने गरेका कारणले यिनीहरुको बढी मात्रामा तस्करी हुदा राज्यले दैनिक पचास लाख रुपैया बराबरको राजश्व नोक्सानी बेहोर्नु परेको छ भने अर्को तिर नेपाल सरकारले तोकेको बीरगंज भंसारको लक्ष्य पनी आर्थिक बर्ष०६७ /०६८ को मंसिर देखी चैत सम्मको राजश्व असुलीमा कमी आएको बीरगंज भंसार कार्यालयका सुचना अधिकृत हरिहर पौडेल बताउछन ।
चालु आर्थिक बर्षो नौ महिनामा ३५ अर्व रुपैया मात्र राजश्व असुली भएको छ । जस अनुसार चालु आर्थिक बर्षो चैत्र महिना सम्ममा २ अर्व ५० करोड रुपैया भंसार राजश्व संक्लनमा कमी आएको छ । राजश्व संक्लनमा कमी आउनुका प्रमुख कारण मध्ये एक सब भन्दा बढी राजश्व संक्लन हुने बस्तुमा ठुला तथा साना सवारी साधनको आयातमा,कमी पेटाेलियम पदाथर्को आयातमा कमी,बस टकको चेचिसको आयातमा कमी, मोटर र्साईकलको आयातमा कमी, सिंगारको सामानको आयातमा कमी सिमेन्टको क्लिन्कर आयातमा कमी आएको कारण पनी राजश्व संक्लनमा कमी आएको पौडेलको भनाई रहेको छ भने अर्कोतिर पान पराग, पान मसला, र सर्ुर्ति जन्य बस्तुहरुमा कमी आउदा तस्करी भएर नेपाल भित्रिएको  हुन सक्न आसंका अधिकृत पौडेलको अनुमान रहेको छ । भंसारमा सामानको आयातमा कमी आउनु र राजश्व असुलीमा कमी आउनु नै भनेको तस्करी हुनुको लक्ष्ण रहेको पौडेल बताउछन ।   
भंसार महसुल बढी लाग्ने बस्तुहरुमा लत्ता कपडामा भ्याट समेत गरी ४५ प्रतिशत सम्म भंसार लाग्ने गरेको छ भने ब्रान्डेड कम्पनीका सुटिङ्ग सटिङ्गको कपडामा प्रतिमिटर एक सय ६५ रुपैया भारतिय मुल्याङ्कन दरमा पास हुने प्रष्ट उल्लेख छ भने अर्को तिर साधारण  सुटिङ्ग सटिङ्गको कपडामा कम्तीमा पनी प्रति मिटर एक सय ४३ भारतिय रुपैया मुल्याङ्कन दर रेटमा पास हुने उल्लेख रहेको पौडेलको भनाई छ । 
त्यस्तै पान पराग गुटखा, पान मसला र सर्ुर्ति जन्य बस्तुहरुमा ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंजर्दा भएको सामानमा मुल्यको ३० प्रतिशत भंसार  र प्रति किलो दई सय पचास रुपैया अन्तशुल्क र १३ प्रतिशत भ्याट लाग्ने गर्छ ।
त्यस्तै प्याक नगरिएको कोर्रर्ाार्ुर्तिमा ५५ रुपैया, चुना मिलाएर खाने प्याकिङ्क गरेको कोर्रर्ाार्ुर्तीमा एक सय ४५ रुपैया र सर्ुर्तीबाट तयार भएको सबै प्रकारको जर्दा र खैनी २ सय २० रुपैया प्रतिकिलो अन्तशुल्क लाग्ने गरेकै कारण यी सामानहरको तस्करी बढी मात्रामा हुने गरेको छ । गत आर्थिक बर्ष०६६/०६७ को चैत्र मसान्त सम्ममा ६९ लाख ४९ हजार ८ सय २७ रुपैया मुल्य बराबरको पान पराग गुटखा र सर्ुर्ती जन्य बस्तु आयात भएको थियो जसको परिमाण ११ हजार आठ सय ८८ किलो ग्राम मात्र आयात भएको थियो जस अनुसार जम्मा ६१ लाख ७८ हजार एक सय २५ रुपैया बराबरको यसबाट राजश्व संक्लन भएको बीरगंज भंसार कार्यालयको एक तथ्या‹ले जनाएको छ  ।
त्यस्तै पान गुटखा तथा सर्ुर्ती जन्य पदार्थमा चालु आर्थिक बर्ष०६७ /०६८ को चैत्र मसान्त सम्ममा  १४ लाख ३४ हजार ५ सय ४३ रुपैया मुल्य बराबरको आयात भएकोमा जसको परिमाण ४ हजार ७ सय ५७ किलो ग्राम मात्र आयात भएको थियो जस अनुसार १९ लाख १६ हजार ३ सय ५६ रुपैया बराबरको भंसार राजश्व संक्लन भएको छ । जुन गत आर्थिक बर्षो तुलनामा चालु आर्थिक बर्षा ६० प्रतिशतले कमी आएको छ ।
तस्करीकै कारण राजश्व संक्लनमा कमी आएको र जसका कारण भंसार एजेन्टले काम नपाएको बीरगंज भंसारका एजेन्टले  निर्धक रुपमा बताएकाछन ।
भंसार राजश्व गस्तिका प्रमुख शसस्त्र प्रहरी नायव उपरिक्षक तुलसी दाहालले बीरगंजको आसपास नाकाहरुबाट रातीमा तस्करीको लाईन दिने गरेको र दिनभरी बीरगंज भंसारको मुल बाटोमा दैनिक आवत जावत गर्ने र्सव साधारणलाई चेकजाच गरी दुख दिने गरेको आरोप लागाएकाछन । सामान चेकजाचको नाममा रकम असुल्ने र नौटंकी गरेर मात्र देखाउने गरेको आरोप एजेन्टको रहेको छ ।
 अहिले पर्सर्ााजल्लाको ग्रामिण भेगका नाकाहरुबाट तस्करहरुले सिमा सुरक्षा बल पर्सर्ाा प्रमुख शसस्त्र प्रहरी उपरिक्षक राम प्रकाश श्रेष्ठ, राजश्व गस्तिका प्रमुख, तुलसी दाहाल, जिल्ला प्रहरी कार्यालय पर्सर्ाा प्रमुख प्रहरी उपरिक्षक, अचल प्रहरी कार्यालयका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक गोपालराज भण्डारी, राजश्व अनुसंधान मध्यमान्चलर् इकार्य कार्यालय पथलैया बारा र मध्य क्षेत्रिय प्रहरी कार्यालयं हेटौडाका प्रहरी नायव माहानिरिक्षक गंगा पाण्डे लगायत  प्रहरी प्रशासनको मिलोमतोमा नया तरिकाबाट तस्करहरुले तस्करी संचालन गरिरहेको समाचार प्रकासमा आएको छ ।
छिमेकी मुलुक भारतको रक्शौलमा रहेको ट्ान्सपोर्टबाट तस्करहरुले एक सय देखी करिब तिन सय सम्म लत्ता कपडा र करिब बिस टन देखी तिस टन सम्म स्टिल लगाएतका सामनहरु रक्शौल रेलवे स्टेशनबाट रेल गाडीमा लोड गरी भारतकै सिक्टा स्टेशनमा उक्त सामान झारेर सो नाका हुदै नेपालको भिस्वा छोटीनाकाहरुमा पुगेपछी ट्कमा लोड गरि तस्करहरुले अबैध रुपमा नेपाल भित्रयाउने गरेकाछन  ।
यसरी तस्करहरुले दैनिक १० देखी १५ ट्क अवैध रुपमा भंसार छलेर नेपाल भित्रयाउने गरिहेकाछन ।
त्यस्तै रक्शौल स्टेशनबाट रेल गाडीमा लोड गरी भारतकै अर्को स्टेशन मरजदवा सम्म लगी त्याहाबाट भारतकै बाटो हुदै पिकपमा नेपाल भारतको सिमानामा पर्ने मैनाटार्रर् इनरुवा हुदै नेपालको जानकीटोला छोटी भंसार सम्म पुरयाउने गरेपछी जानकीटोला स्थित रहेको छोटी भंसार, नेपाल प्रहरीको अस्थाई प्रहरी पोष्ट र शसस्त्र प्रहरीको भिखमपुर बेश क्याम्प नजिकबाट तस्करहरुले खुल्याम ट्कमा लोड गरी बिरगंजको आर्दशनगर स्थित ट्ान्सपोर्टहर्रुको माध्यमले देशको बिभिन्न भागको शहर काठमाण्डौ, पोखरा, नारायणगढ, लगायतका स्थानहरुमा तस्करहरुले यी प्रहरी प्रशासनको मिलोमतो र खासगरी राजश्व अनुसंधान कार्यालय पथलैया बाराले महिनावारी र दैनिक प्रति ट्क टिपको १५ हजार देखी २५ हजार सम्म रुपैया लिएर तस्करीको गाडी छाडने गर्छन ।
उता बिरगंज भंसार कार्यालयका प्रमुख लावण्य ढकालले चालु आर्थिक बर्षो भंसार लक्ष्य नपुग्ने देखिएकोले भंसार अधिकृत लेखनाथ निरौलाको संयोजकत्वमा ५ जनाको भंसार गस्ति टोली राजश्व चुहावट नियन्त्रणका लागी बिरगंजमा परिचालन गरेको बताउछन । 
अहिले पर्सर्ाा बारा जिल्ला गरी ११ वटा छोटी भंसारहरु रहेकाछन  । जस मध्ये पर्सर्ाा छ वटा छोटी भंसार श्रििसया, अलौ, परसौनी, भिस्वा, जानकीटोला, र ठोरी मध्ये ५ वटा नाका मात्र संचालनमा संचालनमा रहेको प्रमुख ढकालले बताए ।
अहिले यी नाकाहरु मध्ये तस्करीको लाईन संचालनमा रहेको नाकाहरु जानकीटोला, प्रसौनी र भिस्वा नाकाबाट तस्करहरुले कपडा , स्टिल , खाधान्य , दाल , चिनी, दैनिक ओसार पसार छोटी भंसार नाकाका कर्मचारी नेपाल प्रहरी र राजश्व चुहावट नियन्त्रणको जिम्म लिएका शसस्त्र प्रहरीहरुको प्रहरी बिट र बेश क्याम्प अगाडीबाटै तस्करहरुले दैनिक रुपमा ओसार पसार निर्बाध रुपमा गरिरहेकाछन । जबकी पर्सर्ााे ग्रामिण भेगमा शसस्त्र प्रहरीको आठ स्थानमा सुरक्षा बेश रहेको छ भने सात स्थानमा बि ओ पी - बोर्डर आउट पोष्ट ) क्याम्प रहेको छ । त्यस्तै नेपाल प्रहरीको पोष्टहरु करिब दर्ुइ दर्जन स्थानमा रहेकाछन । तर पनी पर्सर्ाा तस्करी रोकिएकोछैन  जस्ाका कारण राज्यको दैनिक करौडो रुपैया बराबरको राजश्व चुहावट भैरहेकोछ ।


0 comments: