BREKING NEWS:


भिष्वा महाचैत्य -स्तुप) मा महोत्सवको तयारी

 
शेखर बहादुर क्षेत्री
बीरगंज १ जेठ
बीरगंजको भिष्वा महाचैत्य स्तुपमा तीन दिनसम्म बीरगंज भिष्वा महोत्सव २०६८ आयोजना हुने भएको छ । महोत्सवको तयारी जोडतोडका साथ चलिरहेको छ ।
बीरगंजको समतलभुमिको बीचमा अवस्थित भिष्वा डा"डा कुनै सामान्य डा"डा नभई यो ऐतिहासिक र पौराणिक महत्व बोकेको बुद्ध स्तुप हो । किम्बदन्ती अनुसार भारतको बैशाली, देउरिया र हालको भिष्वामा बौद्ध भिक्षुहरुको बास हुने गर्थियो । त्यतिवेला बौद्ध धर्मका प्रचारक सम्राट अशोककी छोरी चारुमतीले बौद्ध दर्शनको प्रचारको क्रममा भारत विहारस्थित वैशाली र देउरिया हुदै बीरगंजको भिक्षुवास भएर उपत्यका प्रवेश गरेकी थिईन । भिक्षुहरुको वास भएकै कारण यस डा"डाको नाम भिक्ष्ँुवास रहेको थियो । सोही भिक्षुवास अपभ्रंश भई हालको भिष्वा महाचैत्य -स्तुप) हुन पुगेको हो । यो महाचैत्य -स्तुप) हाल बीरगंज उपमहानगरपालिका वडा नम्बर १८ को भिषुवाटोलमा अवस्थित छ ।
करिव ८० मिटर उचाईमा रहेको यो स्तुपको झाडीभित्र केही समय अघिसम्म विभिन्न प्रकारको दर्ुलभ जीवजन्तु र चराचुरुङ्गीहरु समेत पाइने गथ्र्यो । तर उचित संरक्षण र सर्म्बर्द्धनको अभावको कारण करिव १ विघा १७ कठ्ठा क्षेत्रफलमा फैलिएको यो पवित्र स्तुपको अस्तित्व यतिवेला संकटमा पर्न गएको छ ।
भगवान गौतम बुद्धको अस्तीधातु रहेको यो स्तुप केवल प्रचार प्रसारको अभावकै कारण यसले पाउनु पर्ने चर्चा पाउन सकेको छैन । हिजोको दिनसम्म अनेकौ दर्ुलभ जीवजन्तु र पशुपंक्षिलाई संरक्षण दिदै आएको स्तुपलाई आज आफनै अस्तित्व जोगाउन धौं-धौं परिरहेको छ । त्यसोत स्तुपको सिरमा ब्रहृम देवता, माता दर्ुगा भवानी र भगवान बुद्ध सबैको बास छ । तैपनि अतिक्रमणको क्रम रोकिएको छैन । यदि समयछदै यसको संरक्षणमा बीरगंजबासी गम्भीर नहुने हो भने आउदो दिनमा यस स्तुपको अस्तित्व इतिहासमा मात्र सिमित नहोला भनेर भन्न सकिन्न । यही भयावह स्थितीलाई बुझेर र पर्यटन बर्ष२०११ लाई सफल पार्नको लागी बीरगंज बौद्ध समितिले जेष्ठ ३, ४ र ५ गतेसम्म तीन दिने बीरगंज भिष्वा महोत्सव २०६८ को आयोजना गर्न गइरहेको छ । यस महोत्सवले भिष्वा महाचैत्य स्तुपको प्रचार प्रसार मात्रै नगरी यसको संरक्षण र सर्म्बर्द्धन पनि गर्नेछ भनेर दावी गर्नु हुन्छ बीरगंज बौद्ध समितिका अध्यक्ष्ँ बीरहर्षशाक्य ।
करिव ५ लाख रुपैयाको लागतमा आयोजना हुन गइरहेको महोत्सवको उदघाटन जेठ ३ गतेका दिन स्थानीय बिकास मन्त्री श्रीमती उर्मिला अर्यालले गर्नु हुनेछ । महोत्सवमा करिव २० वटा स्टल रहनेछ ।
राणाकालमा यसको उत्खनन् गर्न खोज्दा कोईला भेटिएपछि तत्कालिन सरकारले यो बौद्ध स्तुप हुनसक्छ भनेर उत्खनन्को कार्यलाई तुरुन्तै राक्ने आदेश दिएका थिए । त्यसैको आधारमा पुरातत्व विभागका पदाधिकारी पर्ूण्ाहर्षबज्राचार्यको टोलीले विक्रम सम्बत २०३५ सालतिर भिष्वा डाडालाई बौद्ध स्तुप हो भनेर प्रमाणित गरेका थिए । पञ्च बुद्धको विशाल मर्ुर्ति स्थापना गरिएको भिष्वा स्तुप बौद्ध धर्मावलम्बीहरुको लागि पवित्र धार्मिकस्थलको रुपमा चिनिन्छ ।
यसैगरी वि.स. २०४० सालतिर बौद्ध धर्म गुरु दलाई लामा भिषुवा आउने कार्यक्रम रहेको थियो । तर उहा" स्वय्म आउन नसकेपछि आफनो सचिव दुगुन ढुल्को लामालाई भिषुवा स्तुपमा पठाउनु भएको थियो । सचिवले भिषुवा स्तुपको दर्शन गर्नुको साथै यसको पर््रवर्द्धनको लागि नगद १० हजार रुपैया आर्थिक सहयोग समेत गर्नु भएको थियो । तर नेपाल सरकार र स्थानीय सरोकारवाला निकायले बेवास्ता गरेकै कारण यसको सर्म्बर्द्धन हुन नसकेको स्थानीयबासीको आरोप छ ।
यस प्राचिन डा"डाप्रति राज्यको हर्ेर्ने नजरिया नै फरक भएकोले यस स्तुपले पाउनु पर्ने चर्चा पाउन नसकेको स्थानीयबासी दयाशंकर सिंहको आरोप लगाउनु हुन्छ ।
अहिलेको भिष्वा महोत्सवले भिष्वा डाडा लगायत हामी भिष्वाबासीको समेत जीवनस्तर उकास्नमा मद्धत पुर्‍याउनेछ भन्नेमा बिश्वस्त छन् स्थानीय युवा राजु गुप्ता.....  । भिष्वाको संरक्षण र सर्म्बर्द्धनको लागि राज्यलाई गम्भीर हुन समेत आग्रह गरेको गुप्ता बताउछन् ।
नेपाल पर्यटन बोर्ड भृकुटिमण्डप, बीरगंज उधोग बाणिज्य संघको सहयोग रहेको यो महोत्सवले भिष्वा महाचैत्यको प्रचार प्रसार गर्नुका साथै यसप्रति राज्यको हर्ेर्ने दृष्टिकोणमा समेत परिवर्तन ल्याउने आयोजकको दावी छ ।


0 comments: