BREKING NEWS:


बीरगंज भंसारले अबैध मल बोकेको ट्रक नियन्त्रणमा लियो

बीरगंज चैत ११ गते
बीरगंज भंसार कार्यालय र भंसार राजश्वको संयुक्त गस्ति टोलीले भारतबाट
अबैध रुपमा चोरी पैठारी गरी नेपाल भित्रयाईएको रसायनिक मल सहितको एउटा
ट्रक आफनो नियन्त्रणमा लिएको छ ।
ना ३ ख ४८९३ नम्बरको मालबाहक ट्रकमा तिन सय पचास बोरा अबैध मल लोड गरी
नारायणगढ तर्फलाने क्रममा पर्सर्ााे बिन्दवासनी चौकबाट बिहिबार राती
पक्राउ गरी बीरगंज भंसार कार्यालयमा बुझाईएको भंसार प्रमुख लावण्य ढकालले
बताएकाछन ।
पक्राउ परेको मलमा दर्ुइ सय पचास बोरा युरिया मल रएक सय बोरा पोटास रहेको छ ।
पक्राउ परेका अबैध मल जफत गरी लिलाम गर्ने प्रकृयामा रहेको भंसारले जनाएको छ ।
नेपालमा अबैध रुपमा भित्रिरहेको भारतिय रसायनिक मल बढी मात्रामा
गुनस्तरहिन रहेको भंसारले जनाएको छ ।
उक्त मलको मुल्य दर्ुइ लाख २५ हजार रहेको छ ।
पर्सर्ााे ग्रामिण भेगमा रहेको लंगडी, भिषवा, जानकीटोला, पोखरिया लगाएतका
स्थानहरुबाट दैनिक रुपमा दश देखी १५ ट्रक सम्म भारतिय रासायनीक मल अबैध
रुपमा नेपाल भित्रिने गरेको छ ।

0 comments: