BREKING NEWS:


शेखर बहादुर क्षेत्री
बीरगंज २१ फाल्गुण
समुह " ए " अर्न्तर्गत क्षेत्र नम्बर ४ भैरहवाले शनिवार राष्ट्रियस्तरको
एम. जि. ट्रफि टि. ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता २०११ को उपाधी
जितेको छ ।
बीरगंजस्थित नारायणी क्रिकेट रगंशालामा जारी प्रतियोगिताको फाइनल खेलमा
भैरहवाले क्षेत्र नम्बर २ बीरगंजलाई १४ रनले पराजित गरी यो उपाधी हात
पारेको हो । पहिलो टस जितेर ब्याटिगं रोजेको भैरहवाले आफनो ७ विकेटको
नोक्सानीमा १११ रन जोडेको थियो । ११२ रनको झिनो लक्ष्य लिएर मैदानमा
उत्रेको बीरगंजले १९.२ ओभरमा आफनो सबै विकेट गुमाउदै ९७ रनमा समेटीन
पुगेका थिए
भैरहवाका लागि लालबहादुर अधिकारीले ३७ बलमा ८ चौकाको मदतले ५२ रनको उच्च
स्कोर जोडन सफल भए भने, कृष्ण कार्की अभिजित रही दर्ुइ छक्का र एक चौका
मदतले २६ रनको योगदान दिए । वलिगंतर्फभैरहवाकै कृष्ण कार्कीले ४ ओभरमा १५
रन खर्चेर ३ विकेट लिएभने, विवेक चौधरीले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट
लिन सफल रहे । त्यसैगरी लालबहादुर अधिकारीले २ ओभर १९ खर्चेर २ विकेट
लिएका छन् ।
बीरगंजका लागि विनोद दासले २८ बलमा ३४ रन जोडेका छन भने हासिम अंसारीले
२३ बलमा १२ रन जोडन सफल भएका छन् ।
आयोजकले नेपालकै एकमात्र जीवित प्रजातान्त्रिक योद्धा तथा पर्ूव
प्रधानमन्त्री कृष्णप्रसाद भट्टर्राईको गएराती स्वर्गारोहण भएको कारण यस
दुखद घडीमा पुरस्कार वितरण कार्यक्रमलाई स्थगित गरेको जानकारी गराएको छ ।
मुलुकको यस दुखद घडीमा कुनै हर्षोउल्लासको कार्यक्रम नगरी अन्य कुनै
स्थानबाट सामान्य तरिकाले बिजेता र उपविजेता टिमलाई पुरस्कार हस्तान्तरण
गर्ने आयोजक कमिटिका अध्यक्ष्ँ डा. बीरेन्द्र महताले जनाएका छन् ।
उधोगपति डा. उपेन्द्र महतोकी आमा स्वर्गिय फुलकुमारी महतो मेमोरियल
ट्रष्टद्धारा फाल्गुण १४ गतेबाट बीरगंज र कलैया क्रिकेट मैदानमा संचालित
यस प्रतियोगितामा नेपालको ८ क्षेत्रीय टिमले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताका बिजेतालाई १ लाख रुपैया र उपबिजेतालाई ५० हजार रुपैयाको
नगद पुरस्कार प्रदान गरेको छ ।

0 comments: