BREKING NEWS:


भैरहवा संग पोखरा पराजित

शेखर बहादुर क्षेत्री
बीरगंज १५ फाल्गुण
बीरगंजको नारायणी क्रिकेट रगंशालामा जारी -महतो समुह) एम.जि.समुहद्धारा
संचालित राष्ट्रियस्तरको एम.जि. ट्रफि टि. ट्वान्टी क्रिकेट प्रतियोगिता
२०११ अर्न्तर्गत आईतवार भएको दोस्रो खेल क्षेत्र नम्बर ४ भैरहवाले
क्षेत्र नम्बर ८ पोखरालाई ६५ रनले पराजित गरेको छ ।
पोखराले टस जितेर पहिलो ब्याटिगं भैरहवालाई गर्न दिएकोमा भैरहवाले ५
विकेटको नोक्सानीमा १३४ रन बनाएको थियो । १३५ रनको लक्ष्य बोकेर मैदानमा
उत्रेका पोखराले सबै विकेट गुमाई जम्मा ६९ रन जोडन सफल भएपछि भैरहवा ६५
रनले बिजयी भएको हो । भैरहवाको तर्फाट फैजुल रहमानले ४२ रन र सागर पुनले
२७ रन जोडेका थिए । आजको मैन अफ दि म्याच भैरहवाका विवेक चौधरी भएका छन्
। चौधरीले २२ रन खर्चेर ४ विकेट लिएका थिए ।
सोमबारको पहिलो खेल क्षेत्र नम्बर ५ नेपालगंज र क्षेत्र नम्बर ८ पोखराबीच
हुनेछ भने दोस्रो खेल क्षेत्र नम्बर २ बीरगंज र क्षेत्र नम्बर ४
भैरहवाबीच हुने आयोजकले जानकारी गराएको छ ।

0 comments: