BREKING NEWS:


बीरगंज संग नेपालगंज पराजित

शेखर बहादुर क्षेत्री
बीरगंज १५ फाल्गुण
बीरगंजको नारायणी क्रिकेट रगंशालामा जारी -महतो समुह) एम.जि.समुहद्धारा
संचालित राष्ट्रियस्तरको एम.जि. ट्रफि टि. ट्वान्टी क्रिकेट प्रतियोगिता
२०११ अर्न्तर्गत आईतवार भएको पहिलो खेल क्षेत्र नम्बर २ बीरगंजले क्षेत्र
नम्बर ५ नेपालगंजलाई २६ रनले पराजित गरेको छ ।
टस जितेर पहिलो ब्याटिगं रोजेको बीरगंजले २० ओभरमा ६ विकेट गुमाएर जम्मा
१३३ रन जोडन सफल भएको थियो । १३४ रनको लक्ष्य लिएर मैदानमा उत्रेका
नेपालगंजले आफनो सबै विकेट गुमाएर जम्मा १०७ रन जोडन सफल भएपछि आज भएको
पहिलो खेलको बिजेता बीरगंज बन्न सफल भएको छ । आजको मैन अफ दि म्याच
बीरगंजका विनोद दास भएका छन् । दासले ३ विकेट लिएर २२ रन जोडेका थिए ।
आज भएको खेलमा बीरगंजको तर्फाट हासिमले सबैभन्दा बढी २३ रन जोडेका थिए ।
त्यसैगरी नेपालगंजको तर्फाट रुपेश शर्माले सबैभन्दा बढी ३० रन जोडेका थिए

0 comments: