म्ााओवादीलेे एकदलिय तानाशाही व्यवस्थाको लागि संर्घष्ा नगरे हुन्छ 'फोरम अध्यक्ष यादव
शेखर बहादुर क्षेत्री
बीरगंज पुस १६ गते
मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले माओवादीले एकदलिय तानाशाही व्यवस्थाका लागि हाल संर्घष्ा गरेको भए उसलाई त्यसो नगर्न सुझाव दिएका छन् । रिपोर्टस क्लव पर्सर्ाा शुक्रबार वीरगंजमा आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले भने 'माओवादी उल्टो बाटोमा हिडी रहेको छ, आजको युग समानता,प्रेस स्वतन्त्रता,बहुदलिय व्यवस्था लगायत लोकतान्त्रिक मूल्य मान्यताको हो, सैनिक शासन, तानाशाही,धार्मिक लगायत जस्तो जुसै अधिनायकवादी शासनको युग समाप्त भई सकेको बताउनुभयो ।
माओवादी बिरुद्ध कडा रुपमा प्रस्तुत हुदै फोरम अध्यक्ष यादवले भने 'अन्य मुलुकमा पनि यसरी अधिनायकवाद शासन गर्न खोज्नेहरु समाप्त हुदै गएका छन्, त्यसको पछिल्लो उदाहरण कम्बोडिया हो, बाकी मुलुकमा पनि एकदलिय कम्युनिष्ट व्यवस्था ध्वस्त हुने क्रममा रहेको बताएकाछन्' । उनले माओवादीले भारतनै आफ्नो प्रमुख शत्रु हो भनि अति क्रान्तिकारी नबन्न उसलाई सुझाव दिंदै यसबाट मुलुक थप दिशाहिन बन्ने बताए । माओवादी मुलुकको मुख्य दल भएकाले उसलाई संयमित भूमिका खेल्न पनि उनले आग्रह गरे ।
कागे्रस र एमाले संघियताप्रति उदासिन रहेको आरोप यादवले लगाएका थिए । उनले शान्ति प्रकृया र संविधान निर्मााणको कार्यलाई यहा सम्म ल्याउने बिशेष भूमिका खेलेको अनमिनको म्याद सकिनै लागेको र उ फिर्ता गई सकेपछि सेना समायोजन कसरी हुने भनि टुंगो लगाउने भरपर्दो बिकल्प समेत नरहेकाले अनमिन फर्के लगत्तै शान्ति प्रकृया बिफल हुने बताए ।
तीन दलको सत्ताको खेलका कारण संविधान निर्माण,शान्ति प्रकृया र मुलुकको अर्थतन्त्र धराशायी भई सकेको यादवले आरोप लगाए । एमाले माधव कुमार नेपाल नेतृत्वको सरकारलाइनै तानेर लग्ने मनस्थितिमा रहेकाले समेत समस्या जटिल बन्दै गएको उनले टिप्पणी गरे । यादवले यही अवस्था कायम रहे ०७ सालको परिवर्तनले ल्याएको उपलब्धि १७ सालमा र ०४६ सालले ल्याएको उपलब्धि ०६२/०६३ मा समाप्त भए जस्तै मधेश आन्दोलन र जनआन्दोलनको उपलब्धिहरु धरापमा पर्ने बताए ।
संचारकर्मीको जिज्ञासामा फोरम अध्यक्ष यादवले फोरम माओवादीसंग सबै मुद्दामा लहसिने नगरेको जिकिर गरे । उनले अब फोरम नफुटने दाबी गर्दै बिजय कुमार गच्छदारले फोरमलाई उपप्रधानमन्त्री, भौतिक तथा योजना निर्माण मन्त्रालय र सत्ता लोभका कारण फुटाएको आरोप पनि लगाए । कुनै पनि पार्टर्ीीmुटदा लोकतन्त्र कमजोर हुने बताउदै यादवले तमलोपामा हालै आएको विभाजनले आफूलाई दुखी बनाएको बताए । आफू बिगतमा आबद्ध नेपाल कम्युनिष्ट पार्टर्ीीनि ६० पटक र नेपाली काग्रेस २७ पटक फुटी सकेको उनले उदाहरण प्रस्तुत गरे ।
आफ्नै पार्टर्ीी सहअध्यक्ष जय प्रकाश गुप्ताले आफूलाई हालै एक संचार माध्यमलाई दिएको अन्तर्वातामा माओवादी नजिक रहेको भनि लगाएको आरोपप्रति उनले केही बोल्न चाहेनन् ।
0 comments:
