BREKING NEWS:


वीरगंज भंसारद्वारा पा“च महिनामा १९ अर्ब राजस्व संकलन

शेखर बहादुर क्षेत्री
बीरगंज पुस २८ गते
  वीरगंज भंसार कार्यालयले चालु आर्थिक बर्षो पहिलो पा"च महिनामा लक्ष्य अनुरुप शत प्रतिशत राजस्व संंकलन गर्न सफल भएको छ । साउन देखि मंसिर सम्मको यस अवधिमा यो भंसार कार्यालयले १९ अर्ब ११ करोड ९१ ल्ाख रुपैया राजस्व संंकलन गर्ने लक्ष्य राखेकोमा लक्ष्य भन्दा केही बढि १९ अर्ब २४ करोड रुपैया राजस्व संकलन गरेको छ । 
 यो भंसार कार्यालयले चालु आर्थिक बर्षा लागि यस अघि ५३ अर्ब ४६ करोड रुपैया राजस्व संकलन गर्ने लक्ष्य पाएकोमा चालु आवको बजेट आई सकेपछि भन्स्ाार बिभागले बाषिर्क लक्ष्यलाई संशोधन गरी ५१ अर्ब ९२ करोड रुपैयामा झारेपछि संशोधित लक्ष्य अनुसार राजस्व संकलन गर्न सफलता मिलेको कार्यालयका सूचना अधिकृत हरिहर पौडेलले जनाएकाछन ।
यस अवधिमा संकलित राजस्वमा भन्सार शुल्क तर्फसात अर्ब १७ करोड रुपैया राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यको करीब ९७ प्रतिशत बढी छ अर्ब ९६ करोड ६१ लाख रुपैया राजस्व संकलन भएको छ । त्यसैगरी, मूल्य अभिवृद्धि कर तर्फआठ अर्ब २८ करोड रुपैया राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यको करीब ९९ प्रतिशत आठ अर्ब १६  करोड रुपैया राजस्व संकलन भएको छ । अन्त शुल्क तर्फतीन अर्ब ६६ करोड ८६ लाख रुपैया राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा लक्ष्य भन्दा करीब चार प्रतिशत बढी तीन अर्ब ८१ करोेड १७ लाख रुपैया राजस्व संकलन भएको छ । अन्य शिर्षबाट २९ करोड ८५ लाख रुपैया राजस्व संकलन भएको छ ।
यस अवधिमा भारतबाट हलुका सवारी साधनर्,र् इन्धनको आयात नियमित रुपमै भई रहेको तथा दशै तिहार जस्ता चाड पर्वका कारण खाद्यान्न सामग्री तथा लत्ता कपडाको आयात समेत बढेकाले राजस्व संकलन लक्ष्यको अनुरुप हुन सकेको हो । 
गत आवको यसै अवधिमा यो भन्सारले १३ अर्ब ६८ करोड रुपैया राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा १७ अर्ब ६२ करोड रुपैया राजस्व संकलन गर्न सफल भएको थियो ।  जुन लक्ष्य भन्दा करीब २९ प्रतिशले बढी थियो । उक्त आवमा संकलित राजस्वमा, भन्सार शुल्कबाट छ अर्ब ५६ करोड रुपैया, मूल्य अभिवृद्धि करबाट सात अर्ब ४७ करोड रुपैया, अन्त शुल्कबाट तीन अर्ब ३९ करोड रुपैया र अन्य शिर्षबाट १८ करोड ८० लाख रुपैया राजस्व संकलन भएको थियो ।
         

0 comments: