BREKING NEWS:


धौलागिरी बन्द जनजीवन प्रभावित


बबिता शर्मा    
बागलुङ, पुस १०
धौलागिरीका उद्योमिहरुले आफ्नो दश सुत्रिय माग पुरा गराउनको लागी आज देखि धौलागिरी बन्दको घोषणबाट धौलागिरी ३ जिल्लाको जनजीवन प्रभावित बनेको छ ।
    जिल्ला प्रहरी कार्यलय बागलुङले भारतीय नोट सहित पक्राउ गरेको दर्ुइ जना व्यापारीहरुलाई विना र्सत रिहाई गर्नु पर्ने, घरेलु मधिरा व्यावस्थति रुपमा बेच्न पाउनु पर्ने, भारतीय हजार र पाँच सयका नोट चलाउन पाउनु पर्ने लगाएतका माग प्रशासनले सुनुवाइ नगरे पछि व्यावसायीहरुले अनिश्चित कालिन धौलागिरी बन्दको घोषण गरेका हुन ।
व्यावसायीहरुको बन्दलको कारण बागलुङ, पर्वत र म्याग्दीमाबाट सम्पर्ुण्ा यातायात, कलकारखाना, र उद्योग व्यावसाय पर्ुण्ा रुपमा ठप्प रहेको छ । बागलुङ उद्योग वाणिज्य संघले शनिवार बन्दको लागि मसाल जुसुल पर््रदशन गदै जिल्ला प्रहरी कार्यालयका प्रमुख उमाप्रसाद चर्तुवेदी विरुद्ध नारा बाजी गरेका थिए ।
प्रक्राउ परेका भारत रक्सोलका जगत गुप्ता , पर्सर्ाा हिरालाल कर्ण्र्ााई राजश्व अनुसन्धान विभागले ३ लाख २५ हजार धरौटीमा काठमाडौबाट शुक्रवार रिहा गरेको प्रहरीले जनाएको छ ।
हिजो प्रमुख जिल्ला अधिकारी केशव राज घिमिरेसंग बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष, बसन्त कुमार श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष र्सर्ुय प्रसाद मर्सर्ाा, पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष होम नारायण श्रेष्ठ र नेपाल उद्योग वाणिज्य महासंघका अञ्चल प्रतिनिधि प्रमोद कुमार श्रेष्ठले १० सुत्रीय मागहरु बुझाउँदै यी मागहरु तत्काल पूरा नभएमा महासंघ अनिश्चितकालीन आन्दोलनमा जाने वताएका थिए  ।
बागलुङ जिल्लामा कारोबार हुने नोटहरु मध्ये भारतीय हजार र पाँचसयका नोटहरु बढि मात्रामा कारोवार हुने हुँदा सो नोटहरुलाई प्रहरी प्रशासनले चलाउन दिनु पर्ने सबै कुरा कानून मात्र नहेरेर व्यवहारिकतामा पनि प्रहरी प्रशासन चल्नु पर्ने उद्यमीहरुले प्रशासक समक्ष माग राखेको प्रमुख जिल्ला अधिकारी केशव राज घिमिरेले बताउनुभयो ।


0 comments: