BREKING NEWS:


पुस्तकालय र प्रशासन भवनमा आगलागी हुदा लाखौको क्षति

पुस्तकालय र प्रशासन भवनमा आगलागी हुदा लाखौको क्षति

बबिता शर्मा
बागलुङ,पुस १० गते

बागलुङको दक्षिणभेग स्थित भरतपुरी माविमा बिहिबार राति आगलागी हुदा बिद्यालयमा रहेको पुस्तकालय र प्रशासन रहेको दर्ुइ भवन पर्ुण्ा रुपमा जलेर नष्ट हुदा लाखौको क्षति भएको छ ।

रुम टु रिडको सहयोगमा स्थापना गरिएको पुस्तकालय र बिद्यालय प्रशासन रहेेको २ तले भवनमा आगलागी हुदा पुस्तकालयमा रहेका पुस्तक, शैक्षिक सामग्री र प्रशासनमा रहेका तथ्याकं, दराज, टेवुल, कर्ुर्चि लगायतका सामानहरु पर्ुण्ा रुपमा जलेर नष्ट भएको बिद्यालयका शिक्षक होम बहादुर पुनले बताउनुभयो ।

बिटि्रस आर्मीमा कार्यरत र अवकाश प्राप्त स्थानिय व्यक्तिहरुको सहयोग र जनश्रमदानबाट निर्मित उक्त भवनमा कसले र किन आगो लगाएको हो भन्ने बारेमा भने केही जानकारी नभएको उहाले बताउनुभयो ।

आगलागीको  घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


0 comments: