हडाबर नेपाल बिरुद्ध भारतमा पर््रदर्शन,गांगुलीको पुत्ला दन
शेखर बहादुर क्षेत्री
बीरगंज पुस ८ गते
दैनिक ठूलो परिमाण जुस भारत तर्फनिर्यात गर्दै आएको डाबर नेपाल बिरुद्ध भारतमा पर््रदर्शन भएको छ । निर्धारित मिति मन्दा धेरै अघि जुस उत्पादन गरेर भण्डारण गरी अखाद्य जुस उत्पादन गर्ने गरेकाले डाबर नेपालको जुस भारत निर्यातमा रोक लगाउन तथा उक्त उद्योगको क्रियाकलापको बिरोधमा वीरगंजको सीमावर्ती भारतीय सहर रक्सौलमा पर््रदर्शन गरीएको हो । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डाबर नेपालको उद्योगमा छापा मारेर अघिल्लो मितिको लेबल लगाएर बनाइएको ७४ हजार कार्टर्ुुजुस बरामद गरेपछि भारतमा समेत सरोकारवालाहरुले डाबर नेपाल बिरुद्ध पर््रदर्शन गरेका हुन् ।
भारतको सबै भन्दा लोकप्रिय हिन्दी दैनिक 'हिन्दुस्तान' ले मंगलबार रक्सौलमा गरीएको डाबर नेपालको बिरोधमा गरिएको पर््रदर्शनको समाचार प्रकाशित गरेको छ । उक्त दैनिकका अनुसार, डाबर नेपालले गुणस्तरहिन जुस भारत निर्यात गरेको बिरोधमा मंगलबार रक्सौलको पोष्ट अफिस चोकमा राष्ट्र सेवा दल छात्र मोर्चाको कार्यकर्ताले बिरोध पर््रदर्शन गरेका हुन् । उनीहरुले डाबर नेपालका मुख्य प्रबन्धक उद्दयन गांगुलीको पुत्ला दहन समेत गरेका थिए । उनीहरुले गांगुली बिरुद्ध नाराबाजी गर्दै गांगुलीले भारतलाई मिठो जहर निर्यात गरेको आरोप लगाएका थिए ।
भारतकै अर्को लोकप्रिय हिन्दी दैनिक प्रभात खबरले बुधबारको अंकमा डाबर नेपालको उद्योगमा भएको छापामारीको खोजमूलक समाचार प्रकाशित गरेको छ । उक्त दैनिकको समाचारमा सीमावर्ती भारतीय सहर रक्सौलका अनुमंडल अधिकारी जीतेन्द्र साहलाई उद्धृत गर्दै केही दिनभित्रै रक्सौलस्थित पसलहरुमा छापामारी गरेर डाबर नेपालद्वारा उत्पादित जुस बरामद गर्नका लागि एक कार्यदलको गठन गर्ने खबर छापिएको छ । यसैबिच डाबर नेपालको उद्योगमा छापामारी प्रकरणको तस्विर सहित समाचार प्रकाशित गरेको उक्त भारतीय दैनिकको बुधबारको अंक वीरगंजका सबै पत्रिका पसलहरुबाट केही समयमै गायब बनाइएको छ ।
0 comments:
