होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
मुकुन्द आचार्यले अब श्रीमद्भागवद्गीताको पनि भोजपुरी भाषामा अनुवाद
श्ेाखर बहादुर क्षेत्री
बीरगंज पुस २ गते
आदिकवि भानुभक्त आचार्य रचित रामायणको केही बर्षघि भोजपुरी अनुवाद गरी
सकेका नेपाली,हिन्दी र भोजपुरी भाषाका लेखक मुकुन्द आचार्यले अब
श्रीमद्भागवद्गीताको पनि भोजपुरी भाषामा अनुवाद गरेका छन् । वीरगंजको
गिता मन्दिरमा शुक्रबार गिता जयन्तीको अवसर पारेर आचार्यको उक्त कृतिको
अनुवाद गरिएको छ । पर्सर्ााजल्ला अदालतका मुख्य न्यायाधीश अजयराज
उपाध्याययले एक समारोहका बिच उक्त कृतिको विमोचन गरेका छन् ।
गिता मन्दिर सन्चालक समितिका महासचिव मदनप्रसाद गुप्ताको अध्यक्षतामा
सम्पन्न उक्त समारोहमा नारायणी बाङ्मय प्रतिष्ठानका अध्यक्ष इश्वरचन्द्र
गौतम,भोजपुरी भाषाका अग्रज साहित्यकार पण्डित दीपनारायण मिश्र,साहित्यकार
डा विश्वम्भर शर्मा,कृतिका प्रकाशक ओमप्रकाश जैसवाल, मदन गुप्ता
लगायतकाले बोल्दै आचार्यको प्रयासको सराहना गर्दै यसबाट नेपालको भोजपुरी
साहित्य र धार्मिक ग्रन्थको सम्वृद्धिमा योगदान पुग्ने बताए । हाल थानकोट
९ का स्थाई बासिन्दा ६६ बषिर्य आचार्यले चार दशक भन्दा बढि समय समय
कलैयास्थित श्री ३ चन्द्र माबि तथा वीरगंजको ठाकुरराम कलेजमा प्राध्यापन
गरेका थिए । समारोहका प्रमुख अतिथि पर्सर्ााजल्ला अदालतका न्यायाधीश
उपाध्यायले धर्म भनेको अनुशासन हो र यसले आत्म शान्ति दिने बताए ।
समारोहमा भोजपुरी प्रतिष्ठान पर्सर्ाा अध्यक्ष मास्टर तारा सिंहले कृति
अनुवाद आचार्यको सम्मानमा भोजपुरीमा कृष्ण भजन सुनाएका थिए । कृति
अनुवादक साहित्यकार आचार्यले धर्मको बाटोमा नहिडे सम्म शान्ति नमिल्ने
बताउदै हिन्दू धर्म र संस्कृतिको शोध र सम्मान पश्चिमाहरुले गर्न
थालिसकेको अवस्थामा हिन्दू आफैले आफ्नो धर्मबाट टाढिनु अनुचित रहेको
बताएका थिए ।
उनको नेपाली साहित्यमा थुप्रै कृतिहरु प्रकाशित छन् । आचार्यले भोजपुरी
भाषाका लागि भानुभक्त आचार्य सरह योगदान दिएको चर्चा गर्दै वक्ताहरुले यो
कृतिले भोजपुरी भाषीलाई भगवदगिताको पाठमा समेत सहज हुने भएकाले भोजपुरी
भाषीको धर्मप्रतिको आस्थामा पनि वृद्धि हुने बताए ।
भोजपुरी साहित्यमा चीर स्थाई ग्रन्थ दिने उद्देश्यले आफूले भोजपुरीमा
रामायण र गीताको अनुवाद गरेको लेखक आचार्यले बताए । नेपालको तेस्रो बढि
बोलिने भाषा भएपनि भोजपुरी साहित्यमा ग्रन्थहरुको अभाव रहेको र त्यसमा
पनि धार्मिक ग्रन्थहरु न्युननै रहेकाले आफूले भोजपुरी भाषाभाषीको सेवामा
यो कृतिको अनुवाद गरेको आचार्य बताउछन् ।

0 comments: