BREKING NEWS:


जोखिममा रहेका पत्रकारहरुको सुरक्षाको लागि भविष्यमा पनि सक्दो सहयोग गर्ने सभासद शर्मा

श्ोखर बहादुर क्षेत्री
बीरगंज मंसिर २२ गते
नेपाल पत्रकार महासंघका सभापति धर्मेन्द्र झाले श्रमजीवि पत्रकार ऐनमा
कुनै पनि संचारगृहमा कार्यरत संचारकर्मीको विमा सम्बन्धित संचारगृह आफैले
गर्नु पर्ने स्पष्ट व्यवस्था भएपनि त्यसको कार्यान्वयन नभएकोमा दुख
ब्यक्त गरेकाछन ।
मंगलबार वीरगंजमा आयोजित सभासद ओमप्रकाश शर्माले गरेको पत्रकारहरुको
दर्ुघटना बिमाको अभिलेख हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै झाले
यस्तो धारणा ब्यक्त गरेका हुन् ।
उक्त कार्यक्रममा बोल्दै अध्यक्ष झाले आज सम्म कुनै पनि सभासदले यो कुरो
नउठाएको गुनासो गर्दै राज्यले चाहे संपर्ूण्ा नागरीकको बिमा हुन सक्ने
बताउनुभयो ।
अध्यक्ष झाले जसको पत्रिका नै बजारमा प्रकाशित हुदैन त्यसैलाई सब भन्दा
बढी धम्की आउने गरेकोमा आफुलाई आर्श्चर्य लागेको बताउनु भएको छ ।
झाले संचारकर्मीका लागि राज्य लोककल्याण्कारी नभएको आरोप समेत लगाएका छन् ।
अर्को प्रसंगमा झाले संक्रमणकाल लम्ब्याएर दलहरुले पत्रकारीताकेा
संक्रमणकाल पनि लम्ब्याएको आरोप लगाए । अध्यक्ष झाले पत्रकारीतालाई
लोकतन्त्रको रुपमा स्वीकार गरे त्यसमा बहुलवादी चरीत्र आवश्यक रहेको पनि
टिप्पणी गरे । मुलुकमा हाल पत्रकारहरुको न्युनतम र अधिकतम नभई तलबनै
नरहेको गुनासो गर्दै झाले यो अवस्थामा सुधार ल्याउन समाजका सबै तह
तप्काको सहयोग आवश्यक रहेको बताए ।
बिशुद्ध पत्रकारिता गर्नेले समाचारको नाममा कहिल्यै बार्गेनिङ्ग गर्दैन
भन्दै झाले भने 'गरे त्यहा पत्रकारिता मर्छ' । जसरी भएपनि लेख्नु र
छाप्नु मात्र पत्रकारिता होइन भन्दै झाले भने 'पत्रकारिता समाजमुखी हुनु
पर्छ' । समाज अगाडी नआए सम्म पत्रकारिता अगाडी नआउने बताउदै झाले भने
'पत्रकारिता समाजको कुरा हो,यसले समाज र राष्ट्र निर्माणको काम गर्छ' ।
समारोहमा बोल्दै पर्सर्ाा प्रमुख जिल्ला अधिकारी नागेन्द्र भाले
पर्सर्ाााखाको भवन निर्माणमा आफुले सक्दो सहयोग गर्ने बताए ।
समारोहमा नेपाली कागें्रसका सभासद तथा उद्योगी ओमप्रकाश शर्माले आफूले
व्यवस्था गरी दिएको पर्सर्ाा पत्रकारहरुको दर्ुघटना विमाको अभिलेख झालाई
हस्तान्तरण गरेका थिए । झाले उक्त अभिलेख महासंघ पर्सर्ाा सभापति शत्रुघन
नेपाल र उपसभापति अशोक तिवारीलाई संयुक्त रुपमा हस्तान्तरण गरे ।
सभासद शर्माले संसदिय विकास कोषबाट प्राप्त रकमबाट पर्सर्ाा संचारकर्मीको
दर्ुघटना विमाको व्यवस्था गरिदिएका हुन् । विमा भएपछि यहाका संचारकर्मीको
दर्ुघटना भएमा अधिकतम पाच लाख रुपैया सम्म विमा रकम वापत क्षतिपर्ूतर्ा
पाउने छन् । वीरगंजस्थित नेपाल इन्स्योरेन्स कम्पनीमा यो दर्ुघटना विमा
गरिएको छ ।
सभासद शर्माले जोखिममा रहेका पत्रकारहरुको सुरक्षाको लागि भविष्यमा पनि
सक्दो सहयोग गर्ने बताएका थिए ।

0 comments: