BREKING NEWS:


ग्लोवल बैंकको चौंथो साधारण सभा बीरगंजमा समपन्न

श्ेाखर बहादुर क्षेत्री
बीरगंज मंसिर १० गते
ग्लोवल बैंक लिमिटेडको चौथो बाषिर्क साधारण सभा शुक्रबार वीरगंजको भिष्वा
होटेलमा सम्पन्न भएको छ । साधारण सभाले बैंकको आव ०६६/०६७ को वासलात,नाफा
नोक्सान हिसाव र नगद प्रवाह विवरण पारित गर्यो । साधारण सभाले गत बर्षो
मुनाफाबाट शेयरधनीलाई पाच प्रतिशत लाभांश दिने निर्ण्र्ाासमेत पारीत
गरेको छ ।
साधारण सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीमा सशोधन प्रस्ताव समेत
पारीत गरेको छ । साधारण सभामा बैंक संचालक समितिको तर्फाट बैंकका अध्यक्ष
चन्द्रप्रसाद ढकालले बाषिर्क प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारण सभामा दिइएको जानकारी अनुसार, बैंकले गत आर्थिक बर्षा करीब १५
अर्ब रुपैया निक्षेप संकलन गरी १३ अर्ब रुपैया लगानी गरेको थियो । चालु
आर्थिक बर्षो प्रथम त्रैमासिक अवधिमा बैंकले आठ करोड ७८ लाख रुपैया खुद
मुनाफा गरेको छ । बैंकको केन्द्रीय कार्यालय वीरगंजको आदर्शनगरमा रहेको छ
। बैकको मुलक भरी २८ शाखा,३५ एटिएम काउन्टर रहेका छन् । हाल बैंकले ११
अन्चलमा आफ्नो शाखाको संजाल बिस्तार गरी सकेको र तीन अंचलमा बिस्तारको
क्रममा रहेको छ ।

0 comments: