BREKING NEWS:


म्ाोवाईल पसलमा १२ लाख भन्दा बढीको चोरी

श्ेाखर बहादुर क्षेत्री

बीरगंज कार्तिक २५ गते

बिहीवार राती बीरगंजको एक मोवाईल पसलमा सटर फोडेर १२ लाख मुल्य भन्दा बढीको

सामान चोरी भएको छ ।

बीरगंजको आर्दशनगर स्थित न्यु मोवाईल प्लाजा पसलमा रहेको सामसुङ्ग मोवाईल, चाईनिज मोवाईल र नोकियाको गरी उक्त मुल्य बराबरको सामान चोरी भएको हो ।

प्रहरीले राती १२ बजे सम्म मात्र डिउटी गर्ने हुनाले र प्रहरीकै लाहपरवाहीका कारण बीरगंजमा श्रृखला बद्ध रुपमा चोरी भैरहेको पसलका संचालक बताउछन ।

दशै र तिहारको बिचमा बीरगंज क्षेत्रमा आधा दर्जन भन्दा बढी पसलहरुमा चोरले पसल फोडेर चोरी गरी सकेकाछन ।

यस समबन्धमा पर्सर्ाा प्रहरी उपरिक्षक राजेन्द्र मान श्रेष्ठ संग बुझदा यस बिषयमा थप अनुसंधान भैरहेको र चाडै नै पसलमा चोरी गर्ने चोर गिरोहको पता लगाउने प्रयास भैरहेको जनाएकाछन ।

मोवाईल पसलमा चोरी भएको बिषयलाई लिएर बीरगंज उधोग बाणिज्य संंघका अध्यक्ष ओम प्रकाश शिकारियाको नेत्तृत्वमा खुद्रा ब्यापारी संघले प्रमुख जिल्ला अधिकारी नागेन्द्र झा संग भेट गरी बीरगंजमा शान्ति सुरक्षा कायम गर्नुको साथ साथै चोरहरुको पहिचान गरेर पक्राउ गरी कारवाहीको माग समेत गरेकाछन ।

0 comments: