BREKING NEWS:


बीरगंज भंसार कार्यालयले ब्यापारीले सामानको घोषणा गरेको प्रज्ञापनपत्रमा भन्दा बढी सामन देखिएका कारण एउटा ट्क भंसार नियन्त्रणमा

श्ोखर बहादुर क्षेत्री

बीरगंज असोज १४ गते

बीरगंज भंसार कार्यालयले ब्यापारीले सामानको घोषणा गरेको प्रज्ञापनपत्रमा भन्दा बढी सामन देखिएका कारण एउटा ट्क आफनो नियन्त्रणमा लिएको छ ।

असोज ९ गते शनिवार ना ४ ख्ँ २१६४ नम्बरको ट्कमा सात हजार केजी स्टिल पाईप रहेकोमा ब्यापारीले एक हजार पाच सय के जी को मात्र प्रज्ञापनपत्रमा उल्लेख गरेपछी भंसारका जाचकी तेज बहादुर के सी र तुल बहादुर पाण्डेले उक्त गाडी र सामानलाई वजन गर्नु पर्ने भन्दै आफनो नियन्त्रणमा लिएको भंसार कार्यालयका सुचना अधिकृत हरिहर पौडेलले जनाएकाछन ।

उक्त पाईप भारतबाट ख पर् इन्टरनेशनल टा्न्सपोर्टले पठाएको छ भने सो माल सामान मां अन्नपुर्ण्ाा ट्ेड कर्न्सन बीरगंजको नाममा भंसार जास पास गरी लैजान लागेको देखिएको छ ।

उक्त पाईपको मुल्य भंसारले प्रती के जी १ सय ७६ रुपैया कायम गरेको छ भने सामानको मुल्यको सात प्रतिशत भाडा, गरी सामानको कुल मुल्य १३ लाख १९ हजार ४ सय ७५ रुपैया हुनु पर्ने हुन्छ । तर ब्यापारीले एक हजार पाच सय केजीे पाईपको प्रज्ञापनपत्रमा मात्र घोषणा गरेको देखिएकोछ । सो स्टिल पाईपको मुल्य दर्ुइ लाख ८२ हजार ४ सय ८० रुपैया मात्र प्रज्ञापन पत्रमा उल्लेख गरेको छ ।

भंुसार ऐनको दफा ५७ मा प्रष्ट उल्लेख छ ब्यापारीले सामानको मुल्य वा वजन कम देखाएर प्रज्ञापनपत्रमा घोषणा गरेमा सत प्रतिशत वा -दर्ुइ सय प्रतिशत) जरिवाना गर्ने नियम रहेको भंसार कर्मचारी बताउछन । भंसारको दरबन्दी संकेत नम्बर ७३०६९००० मा स्टिलको पाईपमा ३० प्रतिशत भंसार कर लाग्ने ब्यवस्था रहेको छ । घोषणा गरेको सामानको वजन भन्दा पाच हजार पाच सय के जी बढी रहेको सामानको मुल्य करिब दश लाख ३६ हजार सात सय ३२ रुपैया बराबरको रहेको छ । उक्त बढी रहेको सामानको कुल मोलको भंसार मुल्य अभिबृद्धी कर र सत प्रतिशत जरिवाना गरी ब्यापारीलर्ेर्ेेंसारलाई २४ लाख ७७ हजार सात सय ८९ रुपैया बुझाउनु पर्ने भंसारका एक कर्मचारी बताउछन ।

यस सम्बन्धमा बीरगंज भंसार कार्यालयका प्रमुख लावण्य ढकाल संग प्रत्यक्ष सर्म्पर्क गरी सोध पुछ गर्दा त्यस बारेमा न कुनै डकुमेन्ट देखाउन चाहनु भएन । पटक पटक आग्रह गर्दा पनी प्रमुख ढकाल सरकारले भंसार कार्यालयमा सुचना अधिकृत कार गरेकोले उनै संग सोध्नु भनी जवाफ दिएका थिए । पछि सुचना अधिकृत हरिहर पौडेल संग बुझदा पहिला उनी पनी केही बोल्न नचाहे पनी जाच पास गर्दा संका लागी थप अनुसंधानका लागी चेक जाच गर्ने भनी नियन्त्रणमा लिएको र गलत भेटिएमा भंसार ऐन अनुसार सत प्रतिशत जरिवाना गर्ने बताए

0 comments: