BREKING NEWS:


वीरगंजको आर्दशनगरस्थित भगवती टोलमा नवनिर्मित जैन तेरापन्थ भवनको उदघाटन

बीरगंज भाद्र ११ गते
राष्ट्पती रामवरण यादवले वीरगंजको आर्दशनगरस्थित भगवती टोलमा नवनिर्मित
जैन तेरापन्थ भवनको एक कार्यक्रम बिच उदघाटन गर्नु भएको छ ।
उदघाटन कार्यक्रममा बोल्दै राष्ट्पती यादवले साझा संस्कृत तथा परम्परागत
मुल्य मान्यता बिचको आपसी अन्तरकृया,परस्पर सम्मान र सद्भावको माध्यमबाट
समान आपसी सद्भाव दिर्घ शान्ति स्थापना गर्ने तर्फहामी सबै अग्रसर हुनु
पर्ने बताउनु भएको छ ।
उहाले कुनै पनि धर्म समाजलाई अनुशासित र मर्यादित बनाउने पद्धति हो, सबै
धर्मको यही सारलाई मनन गरेर धार्मिक सहिष्णुता र एकताको बाटो पहिल्याई
नेपाली मात्रको कल्याणको दीशा तर्फसबै अग्रसर हुन पर्ने बताउनु भएको छ ।
बीरगंजको आर्दशनगरस्थित भगवती टोलमा नवनिर्मित जैन तेरापन्थ भवनको
उदघाटनको क्रममा बीरगंज पहिलो पल्ट पुग्नु भएको राष्ट्पती यादवले उक्त
कुरा बताउनु भएको हो ।
करिब दश बर्षअगाडी जैनमुनी कमलमुनीको पे्ररणाबाट प्रभावित भई स्थानिय
उधोगपती स्वर्गिय नथमल बैधको अगुवाईमा उक्त भवनको सिलान्यास भएको भएपनी
सो भवनको निर्माण कार्य भर्खरै मात्र सम्पन्न भएको हो । करिब पाच कटठा
क्षेत्रफल रहेको उक्त जग्गामा भवन निर्माणको लागत छ करोड रुपैया लागेको
जैन तेरापन्थ बीरगंजका अध्यक्ष अशोक बैधले बताएकाछन ।
नेपालमा जैन समुदायहरुको संख्या कुल छ हजारको हाराहारीमा रहेपनी बीरगंजमा
यस्ाको संख्या भने पचास परिवार मात्र रहेको बैधले बताउनुभयो । कायैक्रममा
भवन निमार्ण्र्ाा अध्यक्ष सुरेन्द्र गोल्छँ, दिवाकर गोल्छा, किशन दुगड,
ज्योती मेघानी, कमल मेघानी, कन्हैयालाल बैध लगायत बीरगंजको उधोगी
ब्यापारीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
राष्ट्पतीको बीरगंज आगमनलाई मध्यनजर गरी नगरको सुरक्षा ब्यवस्था कडा
पार्नुका साथै नेपाल प्रहरी र शसस्त्र प्रहरी गरी एक हजारको संख्या
प्रहरी परिचालन गरिएको थियो ।

0 comments: