BREKING NEWS:


एक भारतीय मोटरसाइकलबाट सात किलो लागु औषध चरेश बरामद

शेखर छतकुली
वीरगंज, भाद्र १२ ।
सशस्त्र प्रहरीको अलौ बेस क्याम्प -बिओपि) ले शुक्रबार राति सुख्खा
बन्दरगाह चोकबाट एक भारतीय मोटरसाइकलबाट सात किलो लागु औषध चरेश बरामद
गरेको छ । सशस्त्र प्रहरी निरीक्षक हरिबहादुर गुरुङ्गको नेतृत्वमा रहेको
प्रहरी टोलीले राती करीब १० बजेको समयमा चेक जाचको क्रममा भारतीय नम्बर
प्लेट बिआर०५-३२६९ को मोटर साइकल रोक्दा मोटरसाइकल चालक मोटर साइकल छाडी
भागेका थिए ।
उक्त मोटरसाइकललाई बेस क्याम्प तर्फल्याउदै गर्दा मोटर साइकलको सिटमा
बस्न असजिलो भएपछि सिट खोलेर हर्ेदा सिटमुनी चरेश फेला परेको थियो । छ
वटा पोकामा गोला बनाई चरेश राखिएको अवस्थामा फेला परेको थियो । उक्त चरेश
भारत तर्फलग्दै गरिएको अनुमान गरीएको छ । बरामद भएको चरेश र मोटरसाइकललाई
आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सर्ाा बुझाइएको सप्रनि
गुरुङ्गले बताए ।

0 comments: