पर्सर्ाा्रहरी द्धारा चोरीको सेन्ट्ो कार बरामत
शेखर छतकुली
वीरगंज,भाद्र १२ ।
श्रििसया खल्वाटोला गाबिसबाट बेवारिशे अवस्थामा जिल्ला प्रहरी कार्यालय
पर्सर्ाा बरामद गरेका भारतीय कारलाई भन्सार प्रकृयाका लागि वीरगंज भन्सार
चलान गरेको छ । सेतो रंगको उक्त सेन्ट्रो कारको अनुमानित मूल्य १० लाख
रुपैया रहेको छ ।
प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठका अनुसार, भारतबाट चोरी पैठारीको
उक्त कार नेपाल प्रवेश गर्दै गरेको सुराकीको आधारमा प्रहरी चेक जाच गर्ने
क्रममा उक्त कार नेपाल शुक्रबार बिहान करीब ११ बजे नेपाल प्रवेश गरेको
थियो । कार चालक प्रहरीलाई देखेपछि कार छोडेर भागेका थिए । नम्बर प्लेट
नरहेको उक्त कारलाई आवश्यक भन्सार प्रकृयाका लागि वीरगंज भन्सार चलान
गरीएको हो । बिगत केही महिना यता प्रहरी बिभिन्न स्थानमा छापामारी गरी
डेढ दर्जन भन्दा बढी यस्ता चोरी पैठारी भई भित्रिएका गाडी बरामद गरी
भन्सार चलान गरीएको प्रउ श्रेष्ठले बताएका छन् ।
खुल्ला सिमानाका कारण वीरगंजबाट चोरी भएका गाडीहरु छिमेकी मुलुक भारत
लगेर बिक्री गर्ने कार्यमा गाडी चोर गिरोहहरु सक्रिय रहेका छन् ।
0 comments:
