BREKING NEWS:


पर्सर्ााजल्लाको ग्रामिण भेगमा रहेको जानकीटोला छोटी भंसार नाकाबाट चिनी र मलको तस्करी शुरु

शुेखर बहादर क्षेत्री
बीरगंज श्रावण २० गते
पर्सर्ााजल्लाको ग्रामिण भेगमा रहेको जानकीटोला छोटी भंसार नाकाबाट चिनी र मलको तस्करी शुरु भएको छ ।
छिमेकी मुलुक भारतको सिमानामा पर्ने नेपालको जानकीटोला स्थित अस्थाई प्रहरी पोष्ट, जानकीटोला छोटी भंसार, र सशस्त्र प्रहरीको बेश क्याम्प लगाएतका प्रमुखहरुले मोटो रकमको भरमा चिनी र मलको त्यस नाकाबाट तस्करी गर्न छुट दिएकाछन ।
बीरगंज भंसार राजश्व गस्तीले बीरगंज आसपास क्षेत्रबाट तस्करीको लाईन बन्द गरेपछी तस्करहरु बीरगंज नाका छोडेर बीरगंज देखी ४० किलोमिटर पश्चिममा रहेको छोटी भंसार र सशस्त्र प्रहरीको बेश क्याम्प्ँ भिखमपुरको प्रहरी निरिक्षक राजेश खरेलको मिलोमतोमा तस्करी को लाईन खोलेको स्थानियबासीहरु बताउछन । पर्सर्ााे ग्रामिण भेगमा रहेको जानकीटोला स्थित सिचाईको जग्गामा तस्करहरुले र्साईकल र ट्ेकटरहरुमा भारतको इनरुवाबाट भंसार छलेर ल्याएको मल र चिनी भण्डारण गरी ट्कमा लोड गरी पठाउने गरेके प्रत्यक्षदर्शीहरु बताउछन । सरकारी जग्गाको दुरुपयोग गरी त्यस ठाउमा अबैध दाल मल र चिनी भंडारण गरी राख्दा पनी सो क्षेत्रमा रहेको जानकीटोला प्रहरी र सशस्त्र प्रहरीको बेश क्याम्प प्रहरीहरु मुख दर्शक भएर बसिरहेकाछन । अबैध चिनी र मल भण्डारण गरि राखेको ठाउ देखी सशस्त्र प्रहरीको बेश क्याम्प ५० मिटरको दुरीमा रहेको छ भने नेपाल प्रहरीको कार्यालय करिब एक सय मिटरको दुरीमा रहेको छ ।
स्थानियबासी बृज किशोरका अनुसार सरकारले रसायनिक मल आपर्ुर्तीगर्न नसकेपछी नेपाल भारतको सिमानामा कृषकलाई खेती गर्ने जती मल भारतबाट ल्याउदा रोकटोक नगर्नु भन्ने स्थानिय प्रहरी प्रशासनले जिल्लाका चौकीहरु तथा छोटी भंसारहरुमा आदेश दिएकोमा तस्कर र प्रहरीहरुको मिलोमतोमा तस्करहरुले भारतबाट ट्ेकटरमा ल्याएर जानकीटोला छोटी भंसार र भिखमपुर बेश क्याम्प अगाडी नै दैनिक दश देखी १५ वटा ट्कमा लोड भैरहेको बताउछन । सरकारले किसानहरुलाई छुट दिएकोमा झन फायदा हुनु पर्ने ठाउमा दुख र महंगो मा मल उपलब्ध भैरहेको उनीहरु भन्छन ।
छिमेकी मुलुक भारतको बजारमा एक बोरा मल दर्ुइ सय साठी रुपैया भारतिय रुपैयामा खरिद गरेर किसानहरुले ल्याउदै गरेकोमा भारतकै बजारमा तस्करहरुले पाच सय भारतिय रुपैयामा खरिद गर्न थाले पछी पर्सर्ााे किसानहरु तस्करीका कारण मार्कामा परेको क्यामरामा नबोल्ने र्सतमा एक किसान बताउछन ।
यसरी पर्सर्ााे बीरगंज नाकाबाट तस्करी गर्न तस्करहरुले सब भन्दा पहिला मध्य क्षेत्रिय प्रहरी कार्यालय हेटौडाका प्रहरी नायब माहानिरिक्षक नवराज ढकालको अनुमती पाएपछी बरिष्ठ प्रहरी उपरिक्षक गोपाल भण्डारी काहा दर्शन भेट पछी मात्र पर्सर्ाा्रहरी प्रमुख काहा तस्करहरु पुगेर ठुलो रकम चढाएर तस्करी गर्न अनुमती पाउने चलन रहेको छ । प्रहरी नायब माहानिरिक्षक ढकालका र बरिष्ठ प्रहरी उपरिक्षक भण्डारीका घुमुवाहरुले पर्सर्ााे ग्रामिण भेगमा पुगेर घरघरमा तस्करहरु संग रकम बझेर पुरयाउने गर्छन ।
भारत सरकारले दाल , धान, चामल लगायत खाधान्यमा प्रतिब्ान्ध लगाएपछी तस्करहरुले बारा पर्सर्ााो ग्रामिण भेगहरुबाट अबैध तरिकाबाट दैनिक लाखौ रुपैया बराबरको सामान भंसार छलेर नेपाल भित्रयाई रहेकाछन । यसै सम्बन्धमा बीरगंज भंसार कार्यालयका निमित्त कार्यालय प्रमुख बद्री गौतम संग बुझदा उहा भन्नु हुन्छ जानकीटोला छोटी भंसारबाट चिनी लगायत अन्य सामग्रीहरु तस्करी भएको स्विकार्नु हुन्न । चिनी त्यस छोटी भंसारबाट आयात गर्न ब्यापारीहरुलाई सजिलो हुने भएकोले त्यस ठाउमा लोड गर्ने र प्रहरीले बीरगंज भंसारमा ल्याएपछी भंसार तिरेर लगेको गौतमको भनाई रहेको छ ।
यसरी भंसारको कर्मचारी, मध्य क्षेत्रिय प्रहरी कार्यालय, अंचल प्रहरी कार्यालय, पर्सर्ाा्रहरी कार्यालयहरुले नै तस्करहरुलाई तस्करी गर्न छुट दिएकोमा सरकारले समयमै यसलाई रोकेन भने बीरगंज भंसारको लक्ष्य र नेपालको आर्थिक स्थिति झन दिन प्रतिदिन दयनिय हुने कुरालाई नकार्न सकिन्न ।

0 comments: