होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
सुख्खा बन्दरगाह भंसार लक्ष्य अनुरुप राजस्व संकलन गर्न असफल
| शेखर बहादुर क्षेत्री बीरगंज १७ श्रावण वीरगंज सुख्खा बन्दरगाह भंसार कार्यालयले आव ०६६/६७ मा लक्ष्य अनुरुपको राजस्व संकलन गर्न असफल भएको छ । उक्त आवमा यो भंसारलाई छ अर्ब ३५ करोड ९० लाख रुपैया राजस्व संकलन गर्ने लक्ष्य दिइएकोमा छ अर्ब दर्ुइ करोड ५८ लाख रुपैया मात्र राजस्व संकलन गर्न सकेको छ । यस अवधिमा भन्सार महसुल वापत दर्ुइ अर्ब ६९ करोड ७४ लाख रुपैया राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा दर्ुइ अर्ब ४७ करोड २६ लाख रुपैया मात्र राजस्व संकलन भएको छ । त्यसैगरी, मूल्य अभिवृद्धि करबाट तीन अर्ब २९ करोड १९ लाख रुपैया राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा तीन अर्ब २२ करोड ८१ लाख रुपैया मात्र संकलन हुन सकेको छ । अन्त शुल्कबाट ३६ करोड ९६ लाख रुपैया राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा ३२ करोड ५० लाख रुपैया राजस्व संकलन भएको छ । तीन वटै शिर्षमा यो भंसारले लक्ष्यको तुलनामा क्रमशः ९२,९८ र ८८ प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको छ । यो प्रतिशत समग्रमा ९५ प्रतिशत हुन आउछ । भंसार प्रमुख नारायण शर्माका अनुसार, लक्ष्य अनुरुपको राजस्व संकलन हुन नसक्नुको कारणहरुमा राजस्व असूलीको लक्ष्य तेस्रो पटक संशोधन गरी धेरै तोकिनु, बन्दरगाहमा कन्टेनर/र्याक लिई आउने रेलको आगमनमा कमी,पटक पटकको बन्द र आमहडताल,विश्वआर्थिक मन्दीको असर रहेको छ । त्यसैगरी, कोलकाता बन्दरगाहमा हुने गरेको जाम,रेल सेवाको नियमित प्रत्याभुती हुन नसक्नु, श्रमिकसंग सुख्खा बन्दरगाह संचालक कम्पनी हिमालय र्टर्मिनल प्रालिको सुमधुर सम्बन्ध कायम नरहनु,ह्यान्डलिंग शुल्क तुलनात्मक रुपमा बढि हुनु र बैशाख महिनामा लामो अवधिको माओवादी आमहडतालको कारण एलसी खोल्न अनिश्चितता भएकाले उक्त महिनामा उल्लेख्य मात्रामा राजस्व असूलीमा प्रभाव पर्नाले पनि यो भंसार कार्यालयले लक्ष्य अनुरुपको राजस्व संकलन गर्न नसकेको हो । आव ०६५/६६ मा यो भंसारले लक्ष्य भन्दा करीब १६ प्रतिशत बढि राजस्व संकलन गर्न सफल भएको थियो । उक्त आवमा यो भंसार कार्यालयलाई चार अर्ब २० करोड ९० लाख ३२ हजार रुपैया राजस्व संकलन गर्ने लक्ष्य दिइएकोमा चार अर्ब ८९ करोड २६ लाख ३२ हजार रुपैया राजस्व संकलन गरेको थियो । जसमा भन्सार महसुलबाट दर्ुइ अर्ब नौं करोड १० लाख रुपैया, मूल्य अभिवृद्धी करबाट दर्ुइ अर्ब ५५ करोड १३ लाख रुपैया र अन्त शुल्कबाट २५ करोड दर्ुइ लाख ९३ हजार रुपैया राजस्व संकलन भएको थियो । जुन लक्ष्यको तुलनामा क्रमशः आठ,२० र ६० प्रतिशतले बढि थियो । मुलुकका प्रमुख भंसारहरु वीरगंज,बिराटनगर र भैरहवा भन्सारपछि यो राजस्व संकलनको अनुपातमा यो भंसार कार्यालय मुलुककै चौथो ठूलो भंसार कार्यालयको स्थानमा आउछ । वीरगंजको छिमेकमा रहेको सिर्सिया गाबिसमा रहेको सुख्खा बन्दरगाह परिसरमा यो भंसार कार्यालय रहेको छ । वीरगंज सुख्खा बन्दरगाह रेलमार्गद्वारा जोडिएको नेपालको पहिलो सुख्खा बन्दरगाहा हो । विश्व बैंकको ऋण सहयोगमा करीब ८२ करोड रुपैयाको लागतमा सन् २००० हजारमा निर्माण सम्पन्न भएको थियो । उक्त बन्दरगाहमा भारतको सहयोगमा करीब २० करोड अनुदान सहयोगमा सन् २००१ म्ा रक्सौलबाट सुख्खा बन्दरगाह सम्म रेल लिंक निर्माण भएको थियो । नेपाल र भारत सरकारबिच सन् २००४ मे २१ मा रेल्वे सम्झौता भई यस बन्दरगाहमा सन् २००४ जुलाई १६ मा पहिलो पटक मालबाहक रेल प्रवेश गरेको थियो । परीवहन समय, भाडा तथा अन्य खर्चमा बचत हुने, टुटफुट, हानी नोक्सानी तथा चोरी कमी हुने, भंसारको बिलम्ब शुल्क नलाग्ने, बिना जोखिम सजिलै पैठारी गर्न सकिने लगायतका कारणले आयात निर्याकर्ताहरुले यो बन्दरगाह मार्फ माल सामान आयात निर्यात गर्न रुचाउन थालेका छन् । |
0 comments:
