होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
भंसारमा सशस्त्र महिला प्रहरी परीचालन
| शेखर छतकुली बीरगंज जेष्ठ १२ गते नेपालको मुख्य प्रबेश द्धारको रुपमा बीरगंजलाई चिनिने गरिन्छ भने बीरगंजलाई तस्करीको प्रमुख केन्द्रको रुपमा पनी चिनिने गरिन्छ । नेपालको कुल भंसारहरु मध्ये बीरगंज भंसार कार्यालयले नेपाल सरकारले लिएको कुल लक्ष्य मध्ये ६० प्रतिशत राजश्व यो भंसारले संकलन गर्दै आईरहेको र्सबबिदै छ । यस नाकाबाट दैनिक लाखौ रुपैया बराबरको तस्करहरुले महिला र अपागंहरुलाई तस्करहरुले प्रयोग गर्दै आईरहेकाछन । यस नाकाबाट करिब ५ सयको हाराहारीमा महिला पोके तस्करहरुले दैनिक ज्यालादारीमा काम गरिरहेकाछन । त्यसैले महिला पोके तस्करहरुबाट राजश्व्ा चुहावट नियन्त्रण गर्नका लागी वीरगंजस्थित भंसार कार्यालयमा रहेको सशस्त्र प्रहरीको राजश्व्ा गस्ति टोलीमा बुुधबार देखी सशस्त्र महिला प्रहरी परिचालन भएका छन् । भंसार गस्तिका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक केदारबहादुर खडकाका अनुसार, भ्रदकाली गण पिलुवाबाट ११ महिला सशस्त्र प्रहरी जवान आजै देखी शसस्त्र प्रहरीको प्रधान कार्यालयको निर्देशनमा परिचालन गरिएको जनाएकाछन । खडकाले मुलुकको कुनै पनि भंसारमा महिला सशस्त्र प्रहरी परिचालन भएको यो पहिलो रहेको जनाए । अन्य भन्सारमा पनि क्रमशः महिला प्रहरी परिचालन गर्ने तयारी भई रहेको उनले बताए । मुलुकको सबैभन्दा ठूलो र व्यस्त मानिने वीरगंज नाकाबाट दैनिक ठूलो संख्यामा महिलाहरुले आवागमन गर्ने र यो नाकामा ठूलो संख्यामा पेशेवर महिला तस्करहरु पनि सक्रिय हुने गरेकाले उनीहरुको शरिर खानतलाशीको साथै महिलाबाट हुने राजस्व चुहावट नियन्त्रणमा समेत मद्दत मिल्ने उद्देश्यले महिला जनशक्तिको व्यवस्था मिलाइएको खडकाले बताए । महिलाहरुले छिमेकी मुलुक भारतको रकशौल बजारबाट शरिरमा तिस देखी चालिस वटा सम्म बेरेर नेपाल प्रबेश गर्ने गरेपछी उनीहरुलाई खान तलासी गर्न राजश्व गस्तिलाई सम्ास्या पर्नै गरेका कारण सरकारले यो निर्ण्र्ाासरेको सशस्त्र प्रहरी नायब उपरिक्षक खडकाले बताएकाछन । |
0 comments:
