होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
तस्करीका कारण स्वदेशी उधोगको उत्पादनमा कमी, भंसार कर्मचारीको मिलोमतोमा खुल्याम तस्करी
शेखर छतकुली
बीरगंज जेष्ठ १३ गते
भारतमा निर्मित ठुला तथा साना गाडीको टायरहरु अबैध रुपमा बीरगंज भंसारको
बाटो हुदै भित्रिन थालेपछी स्वदेशमा एक मात्र रहेको गोरखकाली टायर उधोगको
उत्पादनमा कमी आएको छ ।
नेपाली बस तथा ट्कहरुले छिमेकी मुलुक भारतको रक्शौलमा गई पुरानो टायर
खोलेर नया टायर फिट गरी बीरगंज भित्रिने गर्छन भने गिटी बोकेर भारत
तर्फगएका टिफरहरुले गाडीमै भारतिय टायर बोकेर बीरगंज भित्री रहेको कारण
नेपाली टायरको बिक्रीमा कमी आएको बीरगंज स्थित गोरखकाली टायरका एक
बिक्रेताले गुनासो गरेकाछन । गत बर्षो तुल्ानामा यो बर्षा नेपाली टायरको
बिक्रीमा ७५ प्रतिशतलेकमी आएको बिक्रेताहरु बताउछन ।
पहिला एक बर्षा चार करोड सम्मको ब्यापार हुने गर्थो भने अहिले खुल्ला
तस्करीका कारण ०६६ साल श्रावण देखी ०६७ जेष्ठ सम्ममा ३१ लाख रुपैया
बराबरको मात्र ब्यापार भएको नेपाली टायर बिक्रेताले बताए ।
शुरुमा दैनिक चालिस देखी पचास वटा सम्म्ँ बिक्री हुने टायरमा अहिले आएर
महिनामा १५ पिस सम्म बिक्री गर्न धौ धौ परेको उनले भने ।
खुल्ला सिमानाको कारण तस्करहरुले गोटाको एक हजारको दरले सिमा पारीबाट
बीरगंज सम्म पुरयाउने गरेको टायर बिक्रेताहरुले दुख पोखेकाछन ।
केही भारतीय टायर पसलेहरुले बीरगंजमा आएर आर्डर लिने र कैरियरहरु संग
कैरिगं चार्ज लिएर बिक्री गर्ने गरेको जनाए । यसरी तस्करहरुले दैनिक
भंसारको मुल गेटबाट सयौको संख्यामा ओसार पसार गर्ने गरेको आरोप
बिक्रेताहरुको रहेको छ ।
भारतिय टायर नेपाल भित्रयाउदा २५ प्रतिशत भंसार र १३ प्रतिशत भ्याट गरी
३८ प्रतिशत राजश्व कर लाग्ने ब्यवस्था ऐनमा प्रष्ट उल्लेख रहेको छ ।
बीरगंज भंसारका कर्मचारीहरुले समयमै सचेत नभए सरकारले लिएको लक्ष्यमा कमी
आउनुका साथै नेपालको एक मात्र गोरखकाली टायर उधोग बन्द हुनेमा दुबिधा छैन
।

0 comments: