BREKING NEWS:


भंसार छलेर ल्याउदै गरेको तस्करीको सामान पक्राउ

बीरगंज जेष्ठ १४ गते
बीरगंज भंसार राजश्व गस्ति टोली सशस्त्र प्रहरीले भारतको रक्शौलबाट अबैध रुपमा भंसार छलेर ल्याउदै गरेको तस्करीको सामान पक्राउ गरेको छ ।
ना २ ख २००९ नम्बरको ट्कमा करिब एक लाख मुल्य बराबरको टायर
लुकाई छिपाई लगिरहेको अवस्थामा चेकजाचको क्रममा पक्राउ गरी भंसारमा कार्यालयमा गाडी समेत बुझाएको सशस्त्र प्रहरी नायब उपरिक्षक केदार खडकाले बताएकाछन ।
छिमेकी मुलुक भारतको रक्शौलबाट सिमेन्टमा प्रयोग हुने र मेटेरियल बोकेकोर् गाडीमा लुकाई छिपाई तिरपालले छोपेर जादै गरेको अवस्थामा सुराकीको आधारमा पक्राउ गरेको सशस्त्र प्र ना उ खडकाले जनाए ।
त्यसै गरी भारतबाट टेम्पुमा भंसार छलेर बीरगंज तर्फआउदै गरेको करिब दर्ुइ लाख मुल्य बराबरको हार्डवेर र मोटर र्साईकलको पार्टस पक्राउ गरी आजै भंसार कार्यालयमा बुझाएको छ ।

0 comments: