BREKING NEWS:


सरकारसंग वार्ता प्रकृयामा रहेको अखिल तर्राई मुक्ति मोर्चा - विबेक ) संस्थापन पक्षले हाथ हथियार बुझाए

शेखर बहादुर क्षेत्री
बीरगंज जेष्ठ ८ गते
सरकारसंग वार्ता प्रकृयामा रहेको अखिल तर्राई मुक्ति मोर्चा - विबेक ) संस्थापन पक्षले शुक्रबार वीरगंजमा एक समारोहका बिच सरकारलाई बन्दुक,बम,बारुद लगायतका हाथ हथियार बुझाएको छ ।
मोर्चा वार्ता टोली संयोजक विवेक चौधरीको नेतृत्वमा आएका मोर्चाका १७ कार्यकर्ताले सरकारलाई १२ बोरको एक थान र चार थान एक नाल बन्दुक, त्यसको दर्ुइ वटा खोका, १२ थान नलकटुवा बन्दुक,र एक थान ९ एम एम अमेरिकन पेस्तोल , तीन थान सकेट बम र ३० किलो बारुद बुझँएका छन । सरकारी वार्ता टोलीका संयोजक शान्ति मन्त्रि रमक चेम्जोङ्गलाई मोर्चा वातर्ँ टोली संयोजक विवेक चौधरीले ती हाथ हथियार हस्तान्तरण गरेका थिए ।
बैशाख २४ गते सरकारसंग ६ बुदे सम्झौता गरेको मोर्चाले संझौतामा गरेको प्रतिबद्धता अनुरुप सरकारलाई ति हथियार बुझाएको हो । समारोहलाई सम्बोधन गर्दै शान्ति मन्त्री चेम्जोङ्गले तर्राईमा सक्रिय अधिकांश भूमिगत संगठन राजनीतिक नभई आपराधिक चरित्रका भएकाले त्यस्ता संगठनसंग सरकारले वार्ता नगर्ने बताएका थिए । उनले त्यस्ता संगठनलाई आपराधिक संगठन सरह सरकारले व्यवहार गर्ने र नियन्त्रण गर्ने बताए ।
उनले यस अघि पनि सरकारले बिभिन्न भूमिगत संगठनसंग वार्ता गरेकोमा राजनीतिक चरित्रका संगठनहरु हाल पनि वार्ता प्रकृयामै रहेको र केही आपराधिक चरित्रका संगठनहरु वार्ता भंग गरेर हत्या हिंसाको बाटोमा हिडेको आरोप लगाएका थिए । सुरक्षा निकायका व्यक्तिलाई मार्दैमा कुनै संगठन राजनीतिक नहुने उनको भनाई थियो ।
मोर्चा वार्ता टोली संयोजक विवेक चौधरीले मोर्चा शान्तिपर्ूण्ा राजनीति गर्ने सोंच अनुरुप वार्ता प्रकृयामा आएको बताए मैत्री चेमजोग सरकारसंग भएको सम्झौता अनुरुप मोर्चाले हथियार बुझाएको भन्दै बाकी सम्झौताको पालनामा सरकार पनि गम्भिर हुनु पर्ने बताएका थिए ।
समारोह पछि संचारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रृया दिंदै मोर्चा वार्ता टोली संयोजक विवेक चौधरीले संविधान सभाको निर्वाचन पछि तत्कालिन जनतान्त्रिक तर्राई मुक्ति मोर्चाका अध्यक्ष जयकृष्ण गोइतको कार्यशैली प्रति आफूहरुले बिमती जनाई २५ सदस्यिय केन्द्रीय कार्यसमितिका पदाधिकारी मध्ये गोइत बाहेक सबै मोर्चाबाट अलग भएको बताएका छन ।
पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा अध्यक्ष विवेकले अहिले आफहरुसंग चार हजार सेनाहरु रहेको दाबी गरेकाछन । पत्रकारहरु संग कुरा गर्दै विवेकले सरकारले आफहरुको माग पुरा नगरे फेरी हथियार उठाउने चृतावनी दिदै भुमिगत हुने बताएकाछन । सरकार आफनो माग प्रति सकारात्मक रहेको उनले बताए ।
 
 

0 comments: