BREKING NEWS:


आगलागीबाट भिषण क्षति

शेखर बहादुर क्षेत्री
बीरगंज चैत्र २४ गते
वीरगन्जको आदर्शनगरमा मंगलबार दिउसो तिन बजे मैनबति उद्योगको गोदाममा भएको आगलागीमा ठूलो क्षति भएको छ । आगलागिबाट करीब ३२ लाख मुल्य बराबरको मैनबती तथा सरसमानहरु जलेर नष्ट भएको छ ।
त्यहास्थित दयाल क्यान्डिल उद्योगदयाल प्रोडक्सन र श्रीश्याम टे्रिड¨ फर्म गरी तीन उद्योग तथा फर्ममा आगलागी भएको हो । दिउसो करीब ३ बजे मैनबत्ति तयार गर्दाको अवस्थामा आगो सल्केर झ्यालमा लागे पछि आगो घर भरी फैलिएको थियो । उद्योग तथा फर्म राजिव अग्रवालको हो ।
आगलागीको घटना हेर्न आएका एक स्थानिय बासिन्दालाई मैनले पोलेर उनी घाईते भएकी छन् । उनको नाम खुल्न सकेको छैन । नेपाली सेनाजनपद प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोली तथा स्थानिय बासिन्दाको संयुक्त प्रयासबाट करीब तीन घण्टा पछि आगो नियन्त्रणमा आएको पसा्र प्रहरी पमुख प्रहरी उपरिक्षक राजेन्द्रमान श्रेष्ठले बताए । त्यसैगरी पसा्रको ग्रामिण भेगमा रहेको शिवबर्वा गा बि स ३ का गंगा राम जमुना राम रामचन्द्र राम र भिखर रामको गरी चार घरमा आगलागी भएको छ । त्यसैगरी भिष्वा ४ का बिपपन साह कानुको घरमा समेत आगालागी भएको छ । उक्त आगलगीमा करीब चार लाख मुल्य बराबरको क्षति भएको स्थानिय प्रहरीले बताएको छ ।



0 comments: