BREKING NEWS:


कारागारका कैदी फरार

शेखर बहादुर क्षेत्री
बीरगंज चैत्र २४ गते
वीरगंज कारागारका एक कैदी मंगलबार फरार भएका छन् । पसा्रका प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठका अनुसार हत्याको आरोपका वीरगंज कारागारमा कैदी जीवन बिताउदै आएका मेारंगका बिनोद गिरी दिउसो करीब ३ बजे नारायणी उप क्षेत्रिय अस्पतालबाट फरार भएका प्र उ श्रेष्ठले जनाएकाछन
आफूलाई दमको रोगले समस्या भएको भन्दै अस्पतालमा उपचारको व्यवस्थाको माग गरे पछि उनलाई कारागार प्रशासनले मंगलबार उपचारका लागि अस्पतालमा पठाउने व्यवस्था गरॆको थियो । उनको साथमा गएका प्रहरी जवान प्रभु साह तेलीको आखा छलेर उपचारको क्रममा उनी भाग्न सफल भएका थिए ।
प्रहरी जवान तेली हाल प्रहरी नियन्त्रणमा छन् । फरार कैदी गिरीको खोजतलाश जारी रहेको प्रउ श्रेष्ठले बताए ।

0 comments: