फोरम नेपालको दुई दिन बन्दका कारण बीरगंजको जन जिवन प्रभाबित
श्ोखर बहादुर क्षेत्री
बीरगंज चैत्र २६ गते
म्ाधेशी जनअधिकार फोरम नेपालको तेस्रो चरणको आन्दोलन अन्तर्गत दुइ दिने तराई बन्दका कारण आज बीरगंजको जनजिवन प्रभाबित भएको छ ।
प्ाुाेरमका कार्यकर्ताहरुले बिहानै देखी बीरगंजको घंटाघरमा टायर बालेर प्रर्दशन गरेका छन ।
बन्दका कारण बारा पसा्र करिडोरका सम्पुर्ण उधोग तथा कलकारखाना शैक्षिक संस्था पुर्ण रुपले बन्द रहेका छन भने बीरगंजको सम्पुर्ण पसलहरु समेत बन्द रहेका छन ।
बन्द कर्ताहरुले रिकशा टांगा मोटर साईकल समेत चल्न दिएका थिएनन । बीरगंजबाट चल्ने छोटो तथा लामोदुरीका यातायात समेत ठप्प रहेका छन । फोरमका कार्यकताहरुले नगरमा नारा जुलुस लगाउदै पसलहरु बन्द गराउदै हिडेका थिए ।
बन्दकै कारण बीरगंज भंसार कार्यालयले उठाउदै आएको दैनिक करिब १३ करोड राज्शव घाटा बेहोर्नु परेको छ ।
0 comments:
