BREKING NEWS:


नेापाल पिछडा बर्गको तराई बन्दका कारण बिरगंजको जन जिवन प्रभाबित

शेाखर बहादुर क्षेत्री
बीरगंज बैशाष ७ गते
नेपाल पिछडा बर्ग ओ बि सी महासंघले आह्रवान गरेकेा ेअनिश्चित काल तराई बन्दका कारण बीरंगंजको जन जिवन प्रभाबित भएको छ ।
महासंघले गरेका ेअनिश्चित काल बनदका कारण बीरगंजका सम्पुर्ण शैक्षिक संस्था उधोग कलकारखाना यातायात बजार समेत बन्द रहेका छन ।
महासंघका कार्यकर्ताहरुले बिहान सात बजे देखी बीरंगंजको नगर परिक्रमा गर्नुका साथै नारा जुलुस लगाउदै बजार बन्द गराउदै हिडेका थिए ।
बजार बन्द गराएको भन्दै पसा्र प्रहरीले ओ बि सी का तिन जना कार्यकर्ताहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नेपाल पिछडा बर्गका केन्द्रिय बरिष्ट सल्लाहकार मेघ राज सहनी केन्द्रिय सचिव तेज प्रकाश सहनी र जिल्ला कार्यकर्ता मंजय साह कानु रहेका छन ।
सरकारले बिगतका दिनहरुमा आफना पार्टी संग गरेको सम्झौता कार्यान्वयन नगरेको कारण अनिश्चित कालिन बन्दको घोषणा गरेको आ बि सी का जिल्ला सह सचिव कृष्णा मुरारी प्रजापतीले बताएकाछन ।
बन्दका कारण बीरगंजबाट चल्ने छोटो तथा लामो दुरीका सवारी साधनहरु बन्द रहेका छन भने मोटर साईकल रिक्शा टांगा भने फाटफुट चलेका छन ।

0 comments: