BREKING NEWS:


कारागारका फरार कैदी पक्राउ

शेखर बहादुर क्षेत्री
बीरगंज चैत्र ३०गते
वीरगंज कारागारबाट फरार भएका हत्याका आरोपी एक कैैदी आज पक्राउ परेका छन ।
चैत्र २४ गते मंगलबार दिउसो करीब ३ बजे उपचार गराउन नारायणी उप क्षेत्रिय अस्पताल बीरगंजमा लगिएको क्रममा अस्पताल परिसरबाट फरार भएकेा ज्यान मुदामा सजाए काटि रहेका मेारंग निवासी बिनोद गिरीलाई पसा्र प्रहरीको क्राईम ब्रान्च टोलीले निजलाईे उनको निवासबाट पक्राउ गरी बीरगंज ल्याएको छ ।
आफूलाई दमको रोगले समस्या भएको भन्दै अस्पतालमा उपचारको व्यवस्थाको माग गरे पछि उनलाई कारागार प्रशासनले मंगलबार उपचारका लागि अस्पतालमा पठाउने व्यवस्था गरॆको थियो । गिरीलाई जि प्र का पसा्र को प्रहरी नायब उपरिक्षक संंजिव शर्माको नेतृत्वमा गएको टोलीले पक्राउ गरी पसा्र प्रहरीमा बझाएको हो ।
गिरीले बिराटनगर अदालतबाट २०६१ सालमा ज्यान मुदामा बिस बर्षको सजाए सजाए पाएका थिए । गिरीले कारागारमा सात बर्षको कैदी जिवन बिताई सकेका छन ।
यता गिरीलाई अस्पतालमा उपचार गराउन लगेका प्रहरी जवान प्रभु साह तेली माथी कारवाही प्रक्रुया अगाडी बढाउदै उनलाई हाल सम्म जि प्र का पसा्रको थुनुवामा राखिएको र प्र उ राजेन्द्रमान श्रेष्ठले जनाएकाछन

0 comments: