BREKING NEWS:


हात खुट्टा बाँधेर पानीमा उत्तानो सुत्न सक्ने कलाको प्रदर्शन

शेखर बहादुर क्षेत्री
वीरगंज चैत्र ३० गते
आठ फिठ गहिरो स्वििम¨ पुलमा उत्तानो परेर सुत्दा जो कोही पनि डुब्छ । तर पसा्रको बैरीयावीर्ताका ५५ बर्षिय ध्रुवबहादुर यादबको हकमा भने यो ध्रुव सत्य पनि झुठो साबित भएको छ ।
हाल सेवा निवृत्त शिक्षकको रुपमा पेन्सन खाई रहेका यादबले शनिबार वीरगंजको भिष्वा होटेलको स्वििम¨ पुलमा यो आश्चर्यलाई प्रमाणित गरेर देखाएका थिए । हात खुट्टामा डोरीले बाँधेर उनले उक्त स्वििम¨ पुलमा आधा घण्टा यस्तो आश्चर्यजनक काम गरेर देखाए । ुनन सिङ्किगु नामको आफ्नो विलक्षण कला प्रदर्शन गर्न उनले यहास्थित संचारकर्मीहरुलाई निम्त्याएका थिए ।
यस्तो कला प्रदर्शन गर्न सक्ने व्यक्ति आफू विश्वमै पहिलो रहेको र आफूले गिनिजि बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाउन पहल गर्ने बताए । यस अघि ०६४ कात्तिक २६ मा यहास्थित वीरगंज उमनपाको स्वििम¨ पुलमा उनले आफ्नो कला प्रदर्शन गरेर सबैलाई चकित बनाएका थिए । त्यति खेर उनले तीन घण्टा सम्म पानीमा सुतेर आफ्नो विलक्षण प्रतिभाको प्रदर्शन गरेका थिए ।
तीन छोरी र दुई छोराका बाबु यादबले वीरगंजस्थित त्रिभुवन हनुमान माबिमा गणित र विज्ञान शिक्षकको रुपमा जीवन भरी अध्यापन गरेका थिए । हाल सेवानिवृत्त भए पछि उनी आफूमा रहेको कलालाई विश्वव्यापी बनाउन लागि परेका छन् ।
अब आफूले निन्द्राको गोली खाएर पानीमै निदाउने प्रयोग गर्न चाहेको पनि उनले बताए । पत्रकारहरुले संग कुराकानी गर्दै यादवले यदी दर्शकहरुले हेर्न चाहेमा आफुले पचास घण्टा सम्म पनी पानीमा डुबेर यस्तो कला देखाउन सक्ने दाबी गरे ।
यादवले यो कला आफले अेासोको ज्ञानबाट प्राप्त गरेको बताए । करिब १५ बर्ष पहिला पसा्रकै तिलावे नदीमा नुहाउने क्रममा आफुलाई ओसोका कुरा याद आएर उनले सोको अभ्यास गर्न सुरु गरेका थिए । उत्तः पहिलो अभ्यास पश्चयात आफु यो कार्यमा सफल भएको यादवले संचारकर्मीहरुलाई बताएका थिए ।



0 comments: