BREKING NEWS:


शेाखर बहादुर क्षेत्री
बीरगंज चैत्र ५ गते
नेपाल भारतको दशगज्जा क्षेत्रमार रहेको मितेरी पुल नजिक बाट तस्करहरुले खेतको बाटो हुदै लगीरहेको ४० लाख मुल्य बराबरको अबैध सामान सशस्त्र प्रहीले पक्राउ गरेकोछ
फागुन २८ गते शुक्रबार राती ११ बजे तस्करहरुले भारतीय कस्टम तिरी चोर बाटो हुदै साईकलमा लगिरहेको अवस्थामा बीरगंज भंसार प्रमुख केवल प्रसाद भंडारीको निर्देशनमा उक्त परिमाणको सामान पक्राउ गरेको प्रमुख भंडारीले बताएकाछन
तस्करहरुले रातीमा चोर बाटो हुदै लगीरहेको सुचना पाएपछी त्यस ठाउमा पुगी ब्यपारीहरुलाई भंसार राज्ाश्व गस्तीका सशस्त्र प्रहरी र भंसार प्रमुखले रातीनै भंसार तिरेर सामान लान आग्रह गर्दा गर्दै पनी तस्करहरुले खेतको बाटो लान खोजे पछी भंसार राज्ाश्व गस्तीका सशस्त्र प्रहरीले रोकने क्रममा तस्कर र प्रहरी बिच भएको थियो ।
झडपको क्रममा सशस्त्र प्रहरीका प्रहरी हवलदार चन्द्र दत्त भट्ट दावा दोर्जे तामाड्ढ मनोज जोशी र सशस्त्र प्रहरी जवान कृष्णा श्रेष्ठ भाईते भएका थिए ।
सामान पक्राउ गरेको बिरोधमा ब्यापारीहरुले शनिबार बीरगंज भंसार कार्यालय अगाडी महिला तस्करहरुलाई प्रयोग गरी प्रर्दशन गराएका थिए । प्रर्दशनको क्रममा प्रहरीले बल प्रयोग गरी भिडलाइ नियन्त्रण लिने क्रममा प्रहरीको लाठी लागी तिन जना महिला तस्करहरु घाईते भएका थिए । सामान पक्राउको बिरोधमा ब्यापारीहरुले २ गते सोमबार पत्रकार सम्मेलन गर्नुका साथै मंगलबार बजार सम्म बन्द गराएका थिए । बन्दको क्रममा पसले बन्दकर्ता बिच ठाउ ठाउमा झडप समेत भएको थियो ।
यता पक्राउ परेका सामान छोडाउन भंसार प्रमुखलाई सभासद देखी मंत्री सम्मले दवाब दिएको नाम न बताउने सर्तमा भंसारका एक कर्मचारीले बताएकाछन ।
यतीमात्र काहा हो र राजश्व गस्तिले भंसार छलेर ल्याउदै गरेको सामान पक्राउ गर्दा तस्करअरु संग तछाड मछाड गर्नु पर्ने अवस्था आउने गरेको प्रमुख भंडारी बताउछन ।
तस्करहरुको मन यती बढी सकेको छ की पक्राउ गरेको सामान प्रहरीहरु संग खोसेर लान खोज्छन र केही नपाएपछी प्रर्दशन गर्ने गर्छन । भंसार प्रमुखको निर्देशनमा राजश्व गस्तिले यतीको अबैध सामान पक्राउ गरेको येा बीरगंजमा पहिलो पटकहो ।
पक्राउ पर्ने सामानहरुमा बिजुलीको सामान हार्डवेयर लत्ता कपडा सि डि एम ए टेलिफोनको सेट प्रतिबन्धित औषधी मोटर पार्टस लगाएत रहेकाछन ।
बीरगंज पहिला आर्थिक नगरीको रुपमा प्रख्यात थियो भने अहिले बीरगंजलाई तस्करी नगरीको रुपमा चिनिने गरिन्छ । पोके महिला तस्करहरुको जमात दिन प्रतिदिन बढेका कारण बीरगंज भंसार कार्यालयले भंसार राजश्व गस्तिमा सशस्त्र महिला प्रहरी राखने निर्णय गरेको प्रमुख भंडारीले जनाएकाछन ।
नेपालको प्रमुख नाकाको रुपमा रहेको कारण पनी यहाबाट ठुलो रुपमा तस्करी हुने गरेको पाईन्छ । यहा सरुवा भएर आउनका लागी प्रहरी प्रशासन कर्मचारी देखी र भंसारका पियन देखी अधिकृत सम्मका कर्मचारीहरुले माथिल्लो निकाए सम्म ठुलो धन रासी खर्च गरेर सरुवा भएर आएका हुन्छन ।
वास्तवबिकता केहो भने बिरगंज भंसारका प्रमुख केवल प्रसाद भंडारीको लक्ष्य भन्दा बढी राजश्व संकलन गर्न सफल भएका कारण नै बीरगंज भंसारमा टिकेकाछन
सामान पक्राउ गर्ना साथै राजनिती दबाब आउन थाल्छ जसका कारण काम गर्ने बाताबरण एक दम गाह्रो भएको भंडारी को गुनासो रहेको ।
प्रमुख भंडारीका अनुसार नेपाल सरकारले लिएको बीरगंज भंसारकार्यालयको एक बर्षको लक्ष्य ३८ अर्व हो जस मध्ये बीरगंज भंसार कार्यालयले बिगत ८ महिनाको फागुन सम्ममा २८ अर्व असुली गरी सकेको बताउछन । यदी तस्करी नियन्त्रण गर्न सकेको खन्डमा बीरगंज भंसार कार्यालयले लिएको लक्ष्य भन्दा ५० प्रतिशतले भंसार राजश्व बृद्धी गर्ने ठोकुवा गर्छन ।



New Email addresses available on Yahoo!
Get the Email name you've always wanted on the new @ymail and @rocketmail.
Hurry before someone else does!

0 comments: