BREKING NEWS:


तराईको महान पर्व चैते छठ भव्य रुपमा मनाईदैं छ

श्ोखरबहादुर क्षेत्री
वीरगंज ८ चैत ।
वीरगंजमा आइतबार तराईको महान पर्व चैते छठ भव्य रुपमा मनाईदैं छ । ब्रतालुहरुले आइतबार साझ अस्ताउदो सूर्यलाई अर्घय दिएका छन् भने सोमबार बिहान उदाउदो सूर्यलाई अर्घय दिएर यो ब्रत बिधिवत रुपमा सम्पन्न गर्ने छन् ।
वीरगंजका छठ घाटहरु अहिले यो पर्वका लागि िसंगारीएका छन् । यहाका घडिअर्वा रानीघाट मूर्ली नगवा आदि गरी करीब एक दर्जन जलाशयहरुलाई िसंगारेर अन्तिम तयारी गरीएको छ । कात्तिक शुक्ल पक्ष षष्ठीमा गरीने छठ पर्वको तुलनामा चैते छठमा भने ब्रतालु केही कम हुने गर्छन् ।
यो पर्व अन्तर्गत शनिबार ब्रतालुहरुले सख्खर दूध र चामलबाट तयार पारीएको खिर रस्याउ खाएका छन् । शुक्रबार शुद्ध चोखो भई ुनहा खायु विधि गरेका थिए । घर नजिकको पवित्र जलाशयहरुमा स्नान गरी उनीहरुले शुद्ध शाकाहारी भोजन गरेका थिए ।
शनिबार ब्रतालुहरु दिनभरी पानी समेत नपिई साझ एकैचोटी छठी माताको पुजा गरी खर्ना अर्थात खिरपुरी खाएका छन् । यही खर्नाको भरमा आइतबार पनि दिनभरी पानी समेत नपिएर ब्रतालुहरु भोकै प्यासै बसेका छन् । आइतबार साँझ घरबाट बिशेष पुजाआजाका साथ पुजाको सामाग्री छैटीमा राखी टाउकोमा बोकेर नजिकको घाटमा बर्तालुहरु पुगेका छन् । घाटमा गई अस्ताउन लागेको सूर्य देवतालाई अघ्र्य दिई सूर्यास्त भई सके पछि घर फर्किदै छन् । कतिपय ब्रतालुहरुले भने भाकल गरे अनुसार रात भरी घाटमै बसी भजन किर्तन आदि समेत गर्ने गर्छन् ।
घरमा आएका ब्रतालुहरु रातभरी छठी माताको कोसी थापी पुजाआर्चना गरी सूर्योदय हुनु अघिनै पून घाटमा पुग्छन् । सूर्य नउदाउाजेल सम्म पुजाआजा गरी बस्छन र सूर्य उदाउना साथ ब्रतालुहरु पोखरीमा गई उदाउदो सूर्यलाई अर्घय दिई घर फर्कन्छन् । घर फर्केर ब्रतालुहरुले सबैभन्दा पहिले छठी माताको प्रसादको रुपमा रहेको ठेकुवा मिठाई अदुवा मिठा केरा बतासा कसार र केराउ खाईकन मात्रै अन्य भोजन गर्ने गर्दछन् ।
छठको ब्रत िलंदा चर्म रोग नलाग्ने पुत्र लाभ हुने सौभाग्य वृद्धि हुने परीवारमा सुख सम्वृद्धि आउने परीवारका सदस्यहरु सम्भावित दुर्घटनाबाट जोगिने जस्ता धार्मिक विश्वास रहेको छ ।

0 comments: