होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
पसा्र प्रहरीद्धारा तिन जनालाई सार्बजनिक
| श्ोखरबहादुर क्षेत्री वीरगंज २५ फागुन । जिल्ला प्रहरी कार्यालय पसा्रको प्रहरीले भुमिगत संगठन जयकृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ति मोर्चा आबद्ध रहेको आरोपमा तीन जनालाई मंगलबार साझ सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पसा्रमा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरीएको हो । यसरी सार्वजनिक गरीएकाहरुमा वीरगंज १७ पिपरा निवासी ओमप्रकाश प्रजापति मनियारी ३ निवासी अनिरुद्ध यादब र वीरगंज १७ बहुअरी निवासी महेश पटेल रहेका छन् । पक्राउ परेका मध्ये प्रजापति अखिल तराई मुक्ति मोर्चा पसा्र बारा सैन्य कमान्डर सुवासचन्द्र बोस उपनाम गरेको व्यक्ति रहेको प्रहरीको दाबि छ । त्यसैगरी यादब पनि त्यसै संगठनका देवा उपनाम गरेका कार्यकर्ता रहेको तथा पटेल मोर्चाको सुटरको रुपमा कार्यरत रहेको उक्त अवसरमा प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठले दाबि गरे । सार्वजनिक गरीएका मध्ये प्रजापतिले आफू मोर्चाको सैन्य कमाण्डर रहेको स्वीकार गरेका थिए । तर आफू आत्मसमर्पण गर्न योजना बनाउदै गरी रहेकॊ अवस्थामा प्रहरीले पक्राउ गरेको उनले उक्त पत्रकारसम्मेलनमा दाबी गरेका थिए । आफ्नो भनी सार्वजनिक गरीएको हथियारहरु आफ्नो नरहेको पनि उनले जिकिर गरेका थिए । यादब र पटेल आफ्नो संगठनमा आबद्ध रही चन्दा संकलनमा सहयोग गर्ने गरेको उनले बताएकाथिए । तर उनीहरुले भने प्रजापतिको दाबी झुठा रहेको बताएका थिए । आइतबार दिउसो प्रहरीले गस्तीको क्रममा वीरगंज १४ मा पुग्दा प्रजापतिलाई शंकास्पद रुपमा देखेर उनको शरीर चेक जाच गर्दा उनको साथबाट एक थान नलकटुवा बन्दुक चार राउण्ड गोली बरामद भएको प्रउ श्रेष्ठले दाबी गरे । प्रजापति बिगतमा बिभिन्न आपराधिक घटनामा संलग्न रहेको पनि उनले दाबी गरे । प्रजापतिकै बयानको आधारमा यादबलाई वीरगंजकै गण्डक चोकबाट आइतबारनै पक्राउ गरीएको पनि प्रउ श्रेष्ठले बताए । यादबको साथबाट एक थान नलकटुवा बन्दुक र त्यसको दुई वटा गोली बरामद भएको उनले दाबी गरे । ओमप्रकाशकै बयानको आधारमा पटेललाई सोमबार वीरगंज चिनीमिलको आवाशिय क्षेत्रबाट एक थान नलकटुवा बन्दुर र त्यसको दुई वटा गोली सहित नियन्त्रणमा लिइएको प्रउ श्रेष्ठले उक्त अवसरमा बताए । यो समूहले वीरगंजमा कुनै घटना गम्भिर घटना गराउने योजना बनाइ रहेकोमा तीन जना पक्राउ परे पछि ठूलो दुर्घटना टरेको दाबी गरे । प्ाटेलले आफू मोर्चा आबद्ध नरहेको र आफू तमलोपा वडा नं १७ को वडा कमिटी अध्यक्ष समेत रहेको दाबी गरेका थिए । त्यसैगरी संयुक्त जनतानत्रीक पार्टी गिरी समुहको पार्टीबाट आबद्ध रहेको आसंकामा चौहान नाम गरेको ब्यक्तीलाई पक्राउ गरी सोधपुछ पछी छाडेको प्रउ श्रेष्ठले पत्रकार सम्मेलनमा बताएका छन । |
New Email names for you!
Get the Email name you've always wanted on the new @ymail and @rocketmail.
Hurry before someone else does!
0 comments:
