BREKING NEWS:


फोरमको बिरगंजमा लाठी जुलुश

शेखर छतकुली
बीरगंज चैत्र १४ गते
मधेशी जनअधिकार फोरम नेपाल पसा्रले तेस्रो मधेश आन्दोलनको दोश्रो चरणको बिरोध कार्यक्रम अन्तर्गत शनिबार दिउसो वीरगंजमा लाठी जुलुश प्रदर्शन गरेको छ । फोरम पसा्रका अध्यक्ष शशिकपुर मियाको नेतृत्वमा फोरमको तेजारथटोलस्थित पार्टी कार्यालयबाट सुरु भएको जुलुश नगरकेा बिभिन्न भाग घण्टाघर माइस्थान आदर्शनगर अलखिया मठ घडिअर्वा पोखरी हुदै घणटघरमा आई बिरोध सभामा परीणत भएको थियो ।
जुलुशमा युवा फोरमका महासचिव फिरोज मंसुर श्रमिक फोरमका केन्द्रीय अध्यक्ष बिन्देश्वर यादब महिला फोरमकी केन्द्रीय सदस्य मिनी िसंह लगायतका समेत सहभागी थिए ।
बिरोध सभालाई फोरमका केन्द्रीय सदस्य अर्जुन थापा स्वास्थ्यकर्मी फोरमका केन्द्रीय अध्यक्ष बालकिशोृर यादब फोरम पसा्रका अध्यक्ष मिया उपाध्यक्ष प्रदीप यादब लगायतकाले सम्बोधन गरेका थिए । उनीहरुले फोरमको माग तथा बिगतमा फोरम र लोकतान्त्रिक मधेशी मोर्चासंग सरकारले गरेका सम्झौता अविलम्ब कार्यान्वयन नगरीएमा आन्दोलनलाई सशक्त बनाउदै लग्ने चेतावनी दिएका छन । फोरमले आन्दोलनकै कार्यक्रम अन्तर्गत चैत्र २६ र २७ गते मधेश बन्दको घोषणा समेत गरेको छ ।


0 comments: