BREKING NEWS:


केपीओलीले ए नेकपा माओवादीलाई आफनो नेतृतवमा सरकार बनाउनलाई ३ सय एक बहुमत लयाएर देखाउन चुनौती

शेखर छतकुली
बीरगंज चैत्र १५ गते
नेकपा एमालेका नेता केपीओलीले ए नेकपा माओवादीलाई आफनो नेतृतवमा सरकार बनाउनलाई ३ सय एक बहुमत लयाएर देखाउन चुनौती दिनु भएको छ ।
सिमरा बिमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै नेता ओलीले यदी तोकिएको समयमा संबिधान नलेखिएमा संबिधान सभो सब भन्दा ठुलो दलको हैसियतले त्यसको जिम्मेवारी पनी माओवादीले नै लिनु पर्ने बताएकाछन ।
नेता ओलीले माओवादीलाई शान्ति बाटोमा आएर संबिधान लेख्ने कार्यमा सहयोग गर्न पनी आग्रह गर्नुभएको छ ।
पत्रकारहरुले सोधेको जवाफमा नेता ओलीले ने क पा एमाले सरकारमा नभएको भए र अहिलेको लोक्तान्त्रिक सरकारमा नभएको भए देशमा मारकाट शुरुहुने औल्याउनुभयो
नेता ओलीले माओवादी सबैधानिक प्रकृयामा नआएर बलजफती अर्काको घर जग्गा कब्जा गर्ने बिद्रोह गर्ने जस्तेा गलत कार्य गरेकोमा त्यस्तो कार्य छाडेर शान्ति प्रकृयामा आउन आग्रह समेत गर्नु भयो ।
नेता ओलीले रौतहतको गडुरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

0 comments: