BREKING NEWS:


नया सविधान निर्माण गर्न संविधान सभाको म्याद छ महिना थप गर्नु पर्नेे

शेखर छतकुली
बीरगंज चैत्र १६ गते
बिनाबिभागिय मन्त्रि लक्ष्मणलाल कर्णले नया सविधान निर्माण गर्न संविधान सभाको म्याद छ महिना थप गर्नु पर्ने बताएका छन् । रीपोटस्र क्लब पसा्रले सोमबार वीरगंजमा आयोजना गरेको साक्षात्कारमा मन्त्रि कर्णले उक्त कुरा बताएका हुन् । छ महिना मध्ये दुई महिना जनताको राय लिने र बाकी चार महिना नया संविधानको खाका तयार पार्नमा खर्च गरीनु पर्ने बताएकाछन ।
नया संविधान निर्माण र शान्ति प्रकृयालाई तार्किक निष्कर्शमा पुर्याउनको कामको प्रमुख बाधक एमाओवादी रहेको उनको आरोप थियो । मुलुकमा दुई सेनाको अस्तित्व रहुन्जेल सम्म नया संविधान आउन नसक्ने मंत्री कर्णले बताए । थुप्रै बिदेशीले नेपाली नागरीकता लिएर दोहोरा नागरीकताको फाइदा उठाई रहेको पनि उनले दाबी गरेका थिए ।
जनतालाई जागरुक गराउन सद्भावना पार्टीले मेची देखी माहाकाली मधेश स्वाभिमान यात्रा गरी रहेको मन्त्रि कर्णले बताएका थिए ।

0 comments: