BREKING NEWS:


महासंघको आह्वानमा सोमबार पसा्र बारा औद्योगिक करीडोरका अधिकांश उद्योग बन्द

श्ोखर छतकुली
बीरगंज चैत्र १६ गते
एकिकृत माओवादी निकट अखिल नेपाल टे्रड युनियन महासंघको आह्वानमा सोमबार पसा्र बारा औद्योगिक करीडोरका अधिकांश उद्योग बन्द भएका छन् । पर्यटन बर्ष २०११ भरी कुनै पनि खाले बन्द हडताल चक्काजाम आदि नगर्ने पार्टी केन्द्रीय नेतृत्वको प्रतिबद्धता बिरुद्ध महासंघले यो बन्द आह्वान गरेको हो ।
महासंघका केन्द्रीय सदस्य तथा मिथिला राज्य समिति संयोजक रामअयोधी यादबको हत्याको बिरोधमा उक्त बन्द आह्वान गरीएको हो । माओवादीले सोमबार वीरगंज पथलैया सडक खण्डको गण्डक सिमरा अमलेखगन्जमा मध्यान्ह १२ बजे देखी तीन घण्टा चक्काजाम समेत गरेका थिए ।
महासंघले आह्वान गरेको बन्दका कारण सोमबार पसा्र बारा औद्योगिक करीडोरस्थित दुई ठूला बहुराष्ट्रिय कम्पनीका उद्योगहरु सूर्य नेपाल डाबर नेपाल लगायत हुलास स्टिल जगदम्बा स्टिल त्रिवेणी समूहका संपूर्ण उद्योग गरी प्रायः सबै उद्योग बन्द रहेका थिए । मुलुकको सबै भन्दा ठूलो यो औद्योगिक क्षेत्रमा साना ठूला गरी करीब पाच सय उद्योग संचालनमा रहेका छन् । यी उद्योगमा करीब ५० हजार मजदुर कार्यरत रहेका छन् ।
पसा्र बारा औद्योगिक करीडोरका उद्योग एक दिन बन्द हुदा करीब नौ करोड एक लाख ६६ हजार रुपैयाको नोक्सानी हुने गर्दछ । वीरगंज उद्योग वाणिज्य संघको पहलमा आर्थिक अनुसन्धान केन्द्र नामक संस्थाले हालै गरेको अनुसन्धानबाट उक्त तथ्याङ्क निकालिएको हो ।
अनुसन्धान प्रतिवेदनका अनुसार एक दिन उद्योग बन्द हुदा पसा्रमा करिब सात करोड नोक्सानी हुने गर्छ । यस्तो।
बहुराष्ट्रिय कम्पनी सूर्य नेपालले मात्र राज्यलाई दैनिक एक करोड रुपैया राजस्व बुझाउने गर्दछ । उक्त उद्योगले आइतबारनै सूचना प्रकाशित गरी उद्योग बन्द हुने जनाएको थियो । सामान्यतया यो उद्योग कुनै पनि बन्दहडतालहरुमा बन्द हुने गरेको छैन । यो उद्योगले दैनिक तीन करोड खिल्ली चुरोट उत्पादन गर्ने गर्दछ ।


0 comments: