BREKING NEWS:


बर्तमान सरकार सबै क्षेत्रमा असफल भई सकेको आरोप छ ।

श्ोखर छतकुली
वीरगंज ११ चैत ।
मधेशी जनअधिकार फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादबले उनले बर्तमान सरकार सबै क्षेत्रमा असफल भई सकेको आरोप लगाएका छन् । उनले बर्तमान सरकारलाई मुलुकको इतिहासकै सबैभन्दा असफल निकम्मा र अकर्मण्य सरकारको संज्ञा दिए ।
फोरम पसा्रको वीरगंज तेजारथटोलमा कार्यालयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै यादबले यस्तो आरोप लगाएका हुन् । अध्यक्ष यादबले जेठ १४ सम्म कुनै पनि हालतमा नया संविधान आउन नसक्ने बताएका छन् । उनले सरकारमा रहेका दुई ठूला दल एमाले र कागे्रसलेनै संविधान बनाउन नचाहेकाले जेठ १४ सम्म संविधान नबन्ने संकेत देखिएको बताए ।
यादबले मुलुकको राजनितिक अस्थिरता र संक्रमणकालिन समय एकै साथ अघि बढी रहेकाले मुलुक गम्भिर र कठीन मोडमा आइ पुगेको टिप्पणी गरेका थिए ।शान्ति सुरक्षाको क्षेत्रमा सरकारले अर्बौ लगानी गरेर ल्याएको बिशेष सुरक्षा योजना अपराधिकरण र दण्डहिनता बढाउने र राजनितिकर्मीलाई नक्कली मुठभेडको नाममा मार्ने बाहेक अन्य काममा उपयोग नभएको उनको आरोप थियो । हाल तराईका संचारकर्मी बर्तमान सरकारको निशानामा रहेको आरोप लगाउदै यादबले जनकपुरमा हालै घटेका घटना अरुण िसंघानिया र जमिम शाहहरुको हत्या प्रकरण यसको पछिल्लो उदाहरण रहेको उनको आरोप थियो ।
मुलुक आर्थिक दिवालीयापनको स्थितिमा आई सकेको आरोप लगाउदै यादबले बर्तमान सरकार राजनितिक रुपमा अन्य दलहरुसंग समन्वय सहकार्य गरेर अघि बढन नसकेको आरोप पनि लगाएका थिए । संविधान निर्माण सुरक्षाको प्रत्याभुति शान्ति प्रकृयालाई तार्किक निष्कर्शमा पुर्याउने माओवादी सेना समायोजन र राज्यपुर्नसंरचनाको कार्य अगाडी बढन नसकेकाले सरकार संचालन र नया संविधानको काममा प्रगति हुन नसकेको यादबको भनाई थियो ।
संघियता र गणतन्त्रको नाममा जनमत संग्रह गराउने खेल भई रहेको आरोप लगाउदै यादबले त्यसो गरीए त्यसको सशक्त प्रतिकार गरीने पनि बताए । उनले समयमा संविधान नबनाएर संक्षिप्त संविधान ल्याउने खेल समेत भई रहेको आरोप पनि लगाए ।
मुलुकको हालको परीस्थितिको एउटै निकास सबै दलहरुबिच मुलभुत मुद्दाहरुमा सहमतिनै रहेको उनको भनाई थियो ।मधेशवादी दलहरुको माग हाल सम्म पनि पुरा नभएको बताउदै यादबले बिहीबार देखी मधेश आन्दोलनलाई निरन्तरता दिने र चैत २६ र २७ मधेश बन्द गरीने बताए । उनले उच्चस्तरीय राजनितिक संयन्त्र अनावश्यक र प्रयोजनहिन रहेको बताउदै यसलाई षडयन्त्रको संज्ञा दिए ।
फोरम पसा्रका अध्यक्ष शशिकपुर मियाको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । यस अघि यादबले रीबन काटेर फोरमको जिल्ला कार्यालयको उद्घाटन गरेका थिए ।




0 comments: