BREKING NEWS:


कतारमा १९ युवा दश महिना देखी अलपत्र

शेखर छतकुली
बीरगंज चैत्र १० गते
रोजगारीका लागि खाडी मुलुक कतार पुगेका १९ नेपाली युवाहरु त्यहा दश महिना देखी अलपत्र परेका छन् । दलाल मार्फत बैशाखमा त्यहा पुगेका उनीहरुले दुई महिना मात्र काम पाएको र त्यस यता बेरोजगार भए पछि अलपत्र परेका हुन् । यसरी मेन पावर संग आबद्ध भएका ग्रामिण भेगका एजेन्टहरुले बिदेश जानेहरुलाई प्रलोभन दिएर फसाउने गर्ने गरेका छन
वीरगंज १७ बहुअरीका जफर आलम अंसारीले आफ्नो छोरा नसिम अख्तर अंसारी सहित कपिलबस्तु बारा रुपन्देही बिराटनगर लगायत बिभिन्न पहाडी जिल्लाका युवाहरु त्यहा अलपत्र परेर बसेको बताए । पसा्र मिलनचोकका शेख जाकिर मार्फत दोहास्थित कतार अल क्वेश विल्डीङ्ग प्राजेक्टमा सवारी चालक पदमा काम गर्न गएका उनीहरुलाई सुरुमा कम्पनीले केही समय काम गराएर पछि काममा लगाएन ।
दलाललाई जनही ५०÷५० हजार नगद र आते जाते खर्च आफै व्यहोर्ने गरी जनही करीब ८० हजार रुपैया खर्च गरी उनीहरु दुई बर्षका लागि भनी भारतको राजधानी दिल्ली हुदै त्यहा पुगेका हुन् । कम्पनीले त्यहा पुगेका तिन महिना पछि म्याद थपको भिसा नदिए पछि १९ जनाको कतार बसाई हाल अवैध भएको र उनीहरु लुकिछिपी बस्न बाध्य भएको अंसारीले बताए । दलालले यहाबाट पठाउदा मासिक ३४ हजार नेपाली रुपैया तलब पाउने बताए पनि आफ्नो छोराको हातमा भनिए बमोजिमको नभई त्यसको ठिक आधा तलब परेका उनले बताए । त्यो पनि काम गरेको दिनको भत्ता वापत मात्र रहेको थियो ।
त्यहा रहेका नेपाली कामदार आफन्तहरुको सहयोगमा हात मुख जोर्दै आएका आफ्ना छोरा लगायत अन्य युवाहरु न्यायका लागि त्यहाको कुनै पनि न्यायिक निकायलाई गुहार्न नसक्ने अवस्थामा रहेको अंसारीले बताए । उनी लगायत १९ जना युवाहरुका अभिभावकले जिल्ला प्रहरी कार्यालय पसा्रमा दुई साता अघि दलाल शेख जाकिर बिरुद्ध ठगीको उजुरी दिएका छन् ।
उनले अख्तरलाई पक्राउ गरी कारवाही तथा अख्तरले लिएको रकम फिर्ता पाउनु पर्ने लिएर दैनिक जसो जिल्ला प्रहरी कार्यालयमा धाई रहेको बताए । अख्तरले हाल ठगी गरेको रकमबाटै चार बिगाहा खेत र एक मोटर साइकल खरीद गरी सार्वजनिक रुपमा घुमफिर गरी रहेको बताए । आफूहरु पटक पटक उनको घरमा धाउदा कुनै सरोकारनै नदेखाउने लिएको रकम फिर्ता दिने कुनै पहलनै नगरे पछि बाध्य भई उनको बिरुद्ध उजुरी गर्नु परेको अंसारीले बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक संजिव शर्माले बैदेशिक रोजगारी सम्बन्धि कुनै पनि उजुरी हाल्ने आधिकारीक निकाय श्रम बिभाग रहेको र श्रम बिभागले यो मामिलामा आफ्नो कार्वाही प्रक्रृया सुरु नगरे सम्म प्रहरीले सोझो हस्तक्षेप गर्न नसक्ने बताए । व्यावहारीकताका लागि हाल पिडितहरुको उजुरी दर्ता गरी मिलनचोक प्रहरी चौकीलाई आरोपी अख्तरलाई पक्राउ गरी ल्याउन निर्देशन दिई सकिएको उनले बताए ।

0 comments: