BREKING NEWS:


च्ााेरीको मोटरसाईकल सहित तिन जना पक्राउ

श्ोखर छतकुली
वीरगंज फागुन २ गते
जिल्ला प्रहरी कार्यालय पसा्रले वीरगंजको बिभिन्न स्थानबाट शनिबार साझ प्रकाउ गरी तीन मोटर साईकल चोरहरुलाई आईतबार जिप्रकास पसा्रमा सावर्ंजनिक गरेको छ । पक्राउ पर्नेहरुमा बारा बहुअरी ३ निवासी २० बर्षिय प्रमोद पटेल र २२ बर्षिय रुपेश पटेल रहेका छन् । पक्राउ परेका अर्का वीरगंज १३ पानीटंकीका ३० बर्षिय कोशिस थापा रहेका छन् ।
वीरगंज १७ निवासी राजेन्द्र कुर्मीको घरमा राखिएको उनको ना १ प ७७६९ नम्बरको सिडि एसएस हिरोहोण्डा मोटर साईकल पटेलद्वयले चोरी गरी लगेको अवस्थ्ाामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । त्यसैगरी बा १५ प ५५७५ नम्बरको वाईबिएक्स चोरीको मोटर साईकल चढेर हिडी रहेको अवस्थामा वीरगंज १९ बाट शंकराचार्य गेट अगाडी चेक जाचको क्रममा थापालाई पक्राउ गरीएको जिप्रका पसा्रका प्रहरी निरीक्षँक भुवनेश्वर प्रसाद साहले जनाएका छन् ।
प्रहरीले वीरगंज ९ रामटोल बस्ने दीपप्रकाश ठाकुरको ना ४ प २७९६ नम्बरको बजाज मोटर साईकल समेत प्रहरीले बरामद गरेको छ । ठाकुरको आफ्नै घर अगाडीबाट चोर गिरोहले चोरी लगेको ठाकुरले प्रहरीलाई जानकारी दिनासाथ उक्त मोटरसाईकल वीरगंज १८ स्थित नेशनल मेडिकल कलेज देखी उत्तर सडकमा शनिबार बेलुकी साढे १० बजेको समयमा पुग्दा मोटर साईकल छाडी भागेको प्रनि साहले बताए । पक्राउ परेका मोटर साईकलहरु मोटरसाईकल धनीहरुलाई जिम्मा लगाउने तयारी भई रहेको र पक्राउ परेकाहरुका बारे थप अनुसन्धान भई रहेको प्रनि साहले बताएका छन् ।





New Email addresses available on Yahoo!
Get the Email name you've always wanted on the new @ymail and @rocketmail.
Hurry before someone else does!

0 comments: