होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
आफ्नै पार्टीले आफुलाई अन्याय गरेको पूर्व शिक्षामन्त्री रामचन्द्र कुशवाहा
| आफ्नै पार्टीले आफुलाई अन्याय गरेको 5 पूर्व शिक्षामन्त्री रामचन्द्र कुशवाहा शेाखर बहादुर क्षेत्री बीरगंज फागुन १९ गते पूर्व शिक्षामन्त्री एवम् तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष रामचन्द्र कुशवाहाले आफ्नै पार्टीले आफुलाई अन्याय गरेको आरोप लगाएका छन् । वीरगन्जमा बुधबार रीपोटस्र क्बल पसा्रले आयोजना गरेको साक्षात्कारमा कुशवाहले अलोकतान्त्रिक पद्वतिबाट पार्टीले आफुलाई मन्त्री पदबाट फिर्ता बोलाएको बताए । उनले आफ्नो पार्टी अलोकतान्त्रिक पद्धतिबाट संचालित हुदै आएकाले आफू जस्तै थुप्रै नेता कार्यकर्ता भविष्यमा पार्टी नेतृत्वको तानाशाहीको सिकार हुन सक्ने आरोप समेत लगाएका छन् । भ्रष्टाचारको आरोपमा मन्त्री पदबाट फिर्ता बोलाइएका कुशवाहाले आफ्नै पार्टीका केही नेताहरुबाट पार्टी केन्द्रीय अध्यक्ष महन्थ ठाकुरलाई आनन्दीदेवी बनाउने प्रयास भइरहेको आरोप पनि लगाएका थिए । संचारकर्मीले यस्तो प्रयास गर्ने ह्दयेश त्रिपाठी र जीतेन्द्र सोनलहरु त होईनन् भन्ने जिज्ञासा राख्दा कुशवाहाले ुम कसैको नाम भन्दिन तपाईहरुलाई सबै थोक थाहै छु भनि भनेका थिए । मन्त्रि पदबाट हटाईए पछि गृह नगर वीरगंजमा पहिलो पटक पत्रकार सम्मेलन गरेका कुशवाहाले पार्टीबाट आफूमाथि भएको अन्यायको पार्टी मै बसेर विरोध र संघर्ष गर्ने बताएका थिए । उनले आफूलाई जुन तरीकाबाट मन्त्रि बनाईएको थियो त्यही प्रकृयाबाट हटाउनु पर्ने बताउदै आफू उपर प्राकृतिक न्यायको प्रयोग नगरी जर्बजस्ती गरीएको पनि उनले बताएका थिए । कुशवाहाले राहतकोटाको शिक्षक नियुक्तीमा आफुले कुनै भ्रष्ट्राचार नगरेको जिकिर समेत गरेका थिए । उनले शिक्षकहरुको नियुक्ती जिल्ला शिक्षा अधिकारी र बिद्यालय व्यवस्थापन समितिबाट हुने भएकाले नियुक्तीमा आफ्नो कुनै संलग्नता नरहेको बताएका थिए । उनले आफु मन्त्री पदमा रहँदा आफु तथा आफ्नो परिवारको नाउँमा जग्गा वा सम्पती आर्जन नगरेको दाबी गर्दै त्यस्तो प्रमाणित भए सम्पूर्ण सम्पती दान गर्न आफु तयार रहेको बताएका थिए । उनले आफू शिक्षा मन्त्रि भए पछि सवा लाख रुपैयाको घडी लगाउन थालेको आरोपको प्रतिवाद समेत गरेका थिए । उनले मन्त्रि बन्नु अघिनै आफ्नो हैसियत यस्तो घडी लगाउने रहेको दाबि गरेका थिए । संविधान सभाको निर्वाचनमा आफू पराजित भए पनि मन्त्रि बन्नु कत्तिको नैतिकतापूर्ण काम हो भनि संचारकर्मीले सोध्दा उनले अन्तरीम संविधानको कुनै पनि धाराले चुनाव हारेकालाई मन्त्रि बनाउनु हुन्न भनि नलेखेको बताएका थिए । |
New Email names for you!
Get the Email name you've always wanted on the new @ymail and @rocketmail.
Hurry before someone else does!
0 comments:
