होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
बर्तमान सरकारले मुलुकमा शान्ति सुरक्षा बहाली गर्न नसकेकाले संचार उद्यमी जमिम साहको हत्या भएको आरोप
| श्ोखरबहादुर क्षेत्री वीरगंज १ फागुन - नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले बर्तमान सरकारले मुलुकमा शान्ति सुरक्षा बहाली गर्न नसकेकाले संचार उद्यमी जमिम साहको हत्या भएको आरोप लगाएका छन् । शनिबार देखी वीरगंजमा सुरु भएको कानु समाज नेपालको प्रथम राष्ट्रिय महाधिवेशको उद्घाटन समारोहलाई सम्बोधन गर्दै झाले गृह प्रशासनले साहको हत्यारालाई पक्राउ गर्न असफल भए पछि उनको हत्यामा बिदेशी शक्तिहरुको हात रहेको दाबि गरी रहेको आरोप लगाएका छन् । झाले यसरी संचार उद्यामीको दिन दहाडै राजधानीको अति सुरक्षित मानिने स्थानमा हत्या हुनुमा कुन बिदेशी शक्ति हो यो सरकारले प्रमाणित गरी सार्वजनिक गर्नु पर्ने र त्यस्ता अपराधिलाई आम नेपालीहरुले कारवाही गर्ने बतँएका छन् । गृहमन्त्रि भिम रावलले आफ्नो चिन यात्राको क्रममा आफूसंगै संपूर्ण सुरक्षा निकायका प्रमुखहरुलाई लग्नाले मुलुक सुरक्षा प्रमुख बिहीन भई सुरक्षा स्थिति कमजोर भएको पनि झाले आरोप लगाएका छन् । उनले आफू कुनै पनि दलको नेता तथा कार्यकर्ता नभएकाले कानु समाजको हक अधिकारको लागि आफू लगायत मुलुकका संपूर्ण संचारकर्मीहरुले सक्दो सहयोग गर्ने बताएका थिए । झाले शान्ति सुरक्षा बहाली गर्न नसक्ने बर्तमान सरकारले कसैको पनि कसैको पनि अधिकार दिन नसक्ने आरोप लगाएका छन् । समारोहमा झाले प्रजातन्त्र सेनानी तथा जनकपुरका बरीष्ठ पत्रकार राजेश्वर नेपालीलाई दोसल्ला ओढाएर सम्मान गर्दा आफै सम्मानित भएको महशुस गरेको बतँएका थिए । समारोहलाई सभासदहरु ओमप्रकाश शर्मा ईस्लाम हवारी रामेश्वर रौनियार लगायतकाले सम्बोधन गरेका थिए । समाजका अध्यक्ष हरीहर साहको सभापतित्वमा उक्त समारोह सम्पन्न भएको थियो । महाधिवेशनमा मुलुकका बिभिन्न जिल्लाका कानु अगुवा तथा भारत बिहार मोतिहारीकी जिल्ला परीषद अधिकारी मंजु देवी साह लगायत भारतिय कानु समुदायहरुको समेत सहभागिता रहेको थियो । समारोहमा सहभागी हुन गाउ गाउबाट आएका कानु समुदायको एक जुलुश नगर परीक्रमा गरी घंटाघरमा समारोहमा परीणत भएको थियो । |
New Email addresses available on Yahoo!
Get the Email name you've always wanted on the new @ymail and @rocketmail.
Hurry before someone else does!
0 comments:
