BREKING NEWS:


नेपालको जग्गामा भारतियको अतिक्रमण

शेखर छतकुली
बीरगंज माघ २० गते
वीरगंजको सीमावर्ती भारतिय सहर रक्सौलमा अढाई अर्ब रुपैया बराबरको नेपाली सम्पत्ति नेपालकै उदासिनताका कारण डेढ दशक यता भारतियहरुको अतिक्रमणमा परेको छ । त्यहा रेल्वे स्टेशनमा रहेको नेपाल रेल्वेको कम्पनीको १६ बिगाहा एक कठ्ठा चार धुर जग्गा र त्यसमा रहेका भौतिक सम्पत्ति संरचानाहरु नेपाल सरकारको उदासिनताका कारण गुम्ने संभावना प्रबल रहेको छ ।
हालको भारतिय रेल्वे स्टेशनको उत्तरपट्टि नेपाल रेल्वेको उक्त सम्पत्ति रहेको छ । अतिथि भवन ट्राफिक अफिसको आवाशगृह र तीनवटा गोदाम बाहेक टेलिफोन भवन टेलिफोन अधिकारीको निवास नेपाली रेल्वे स्टेशन भवन स्टेशन मास्टर र सहायक स्टेशन मास्टरको आवासगृह लगायतका भवनहरु अतिक्रमणमा परेका हुन् । सुरक्षास्थिति दयनिय भएका कारण ती भवनहरुमा भारतिय अपराधिहरुको कब्जा छ । हाल उक्त क्षेत्र लागु औषध कारोबारी आपराधिक गतिबिधि तथा तस्करहरुको अखाडाका रुपमा परिणत भएको छ ।
उक्त जग्गा तथा तिनमा रहेका भौतिक संरचनाहरुको लिखित दस्तावेज हाल सम्म नेपाल रेल्वे कम्पनीसंग सुरक्षित रहेको छ । भवन बाहेकको खाली जग्गामा स्थानिय भारतियहरुले करीब छ दर्जन फुसको छाप्रो बनाई बस्दै आएका छन् । अतिक्रमणकारीहरुको कारण उक्त क्षेत्र एउटा नया बस्तीको रुपमै बिकास भई सकेको छ । भारतिय भूमिमा नेपाली जग्गा भएकाले भारतिय सुरक्षा अधिकारीहरुले पनि अतिक्रमणकारीहरुल्ााई हटाउने कुनै चाँसो देखाएको छैन ।
अत्यन्त मूल्यवान रहेको उक्त जग्गा रक्सौलका जग्गा कारोबारीहरुले नेपाल रेल्वेले चाहेको मूल्य दिएर खरीद गर्न तयार रहेको स्थानिय राजेन्द्र सहनी ब्ाताउछन् । नेपालको जग्गा अतिक्रमण गर्ने अतिक्रमणकारीहरुले त्यहा आधा दर्जन जति पोखरी समेत बनाएर माछा पालन गरी बार्षिक रुपमा लाखौं रुपैया आम्दानी गर्दै आएका छन् । लाखौं रुपैया मूल्य पर्ने रेलका लिकहरु स्थानियले काटेर बेच बिखन समेत गरी रहेका छन् । यस बाहेक भवनहरुका झ्याल ढोका समेत चोरी भई रहेका छन् । कार्यालय भवन परीसरमा समेत रुख बिरुवा झारपात उम्रेर जंगलजस्तै भएको छ ।
तत्कालिन भारतिय शासक बि्रटिश सरकारसंग नेपालको राणाकालिन सरकारले ३१ हजार सात सय २५ रुपैयामा उक्त जग्गा सन् १९२७ जुन १९ तारेखमा खरीद गरेको थियो । त्यतिखेर भारतिय जग्गाधनिहरुलाई नेपाल सरकारलेनै अधिग्रहण गरे वापतको मुआब्जा मोतिहारी जिल्ला कलेक्टर मार्फत उपलब्ध गराएको थियो । त्यस पछि रक्सौल देखी वीरगंज हुदै अमलेखगन्ज सम्म नेपाल रेल्वे सन्चालन भएको थियो । तर उक्त रेल्वे बन्द भए पछि २५ बर्ष अघि नेपाल रेल्वेको सबै सम्पत्ति नेपाल यातायात तथा पारवहन संस्थानको नाममा स्थानान्तरण भएको थियो ।
यातायात तथा पारवहन संस्थानको वीरगंजस्थित जग्गा बिक्री हुनुका साथै संस्थाननै बिघटन भए पछि रक्सौलको नेपाली रेल्वे अभिभावकबिहीन हुन पुग्यो । पछि नेपाल रेल्वे कम्पनी अन्तर्गत रक्सौल रेल्वेमा रहेको अतिथि भवनमा शाखा कायर्ँलय खोलियो ।
रक्सौलमा नेपाल रेल्वेको आवतजावत बन्द भएपछि बिस्तारै बिस्तारै भारतियहरुले जग्गा र भवनहरु अतिक्रण गरी भोगचलन गर्न थालेका हुन् । नेपालले तत्कालिन बि्रटीश सरकारसंग एक सय बर्षका लागि उक्त जग्गा लिजमा लिएको र उक्त अवधि सकि सकेकाले सबै भौतिक संरचनाहरु स्वतः भारत सरकारको मातहतमा आएको समाचार केही समय यता भारतिय संचार माध्यमहरुले जोडतोडका साथ प्रकाशन तथा प्रशारण समेत गर्न थालि सकेका छन् । नेपाल सरकारनै उदासिन भएकाले यस्ता भ्रामक समाचारको खण्डन राज्यस्तरबाट हुने प्रयास समेत भएको छैन ।
हाल रक्सौल रेल्वे स्टेशन मार्फत नेपालमा आयातकतार्ंहरुले दैनिक ठूलो परीमाणमा माल सामान तथा आद्योगिक कच्चा पदार्थहरु आयात गर्ने गरेकोमा भारतिय रेल्वेले जग्गा उपलब्ध नगराउदा आफूहरुले भारतिय रेल्वेलाई बर्षेनी करोडौं रुपैया डिटेन्सन चार्ज बुझाउनु परेकोमा नेपालको जग्गामा व्यवस्थित रुपमा गोदाम निर्माण गरी आफूहरुलाई भाडामा दिनु पर्ने माग वीरगंज उद्योग वाणिज्य संघले केही समय यता जोडदार रुपमा उठाउदै आएको छ । यसबाट नेपाल सरकारले बार्षिक करोडौं रुपैया आम्दानी गर्ने मात्र नभई भारतमा रहेको नेपाली सम्पत्ति समेत सुरक्षित हुने बताउछन् संघका अध्यक्ष ओमप्रकाश सिकारीया ।
नेपाल रेल्वे कम्पनीको वीरगंजस्थित कार्यालयका शाखा ईन्चार्ज रोहेन्द्र भट्टराई नेपाल र भारतका सुरक्षा अधिकारीहरुको पछिल्लो बैठकमा रक्सौलमा नेपाल रेल्वेमा भारतियहरुको अतिक्रमण हटाउन त्यहाका डिक्सटि्रट मेजिस्टे्रड तयार भई नेपाली पक्षलाई अतिक्रमणकारीलाई हटाई काँडे तार बाउन्ड्रीवाल आदि लगाउन उपकरणहरु सहित आउन भने पनि नेपाली पक्षले उदासिनता देखाएको स्विकार्छन् ।

उनले रेल्वे कम्पनीको खराब आर्थिक अवस्थाको कारण उसले आफ्नो सम्पत्ति जोगाउन नसकि रहेको तर यस मामिलामा सरकार गम्भिर भई कदम चाल्नु पर्ने बताए । हाल कम्पनीको वीरगंजस्थित कार्यालयमा १४ कर्मचारी कार्यरत रहेका छन्॥ रक्सौलमा नेपाल रेल्वेको सम्पत्ति धेरै हद सम्म जिर्ण र अतिक्रमण भई सकेता पनि त्यहाको जग्गा भाडा वापत हाल पनि मासिक एक लाख ८८ हजार रुपैया भाडा आउने गरेको र यसकै आयस्ताबाट रेल्वेका कर्मचारीलाई तलब खुवाउन सक्ने अवस्था रहेको ईन्चार्ज भट्टराई बताउछन् ।
रक्सौलको नेपाल रेल्वेको सम्पत्तिलाई व्यवस्थित गर्न सके त्यसले नेपाल रेल्वेको संपूर्ण कर्मचारीलाई पाल्ने मात्र नभई यसका कर्मचारीहरु त्यही बसेर कार्यालय संचालन गर्ने अवस्था समेत आउन सक्ने उनले बताए ।


0 comments: