होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता
-
खेम बोलखे
हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर
मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्ध...
दश हजार बिगाहा मध्ये एक सय २५ बिगाहा मात्रै गाजा खेति नष्ट
शेखर छतकुली बीरगंज माघ १९ गते लागु औषध गाजा र अफिमको बाली पाकेर तयार भई सके पनि पसा्रमा प्रहरी प्रशासनले यस बर्ष लागु औषध खेती फडानी अभियानलाई तिब्रता दिन सकेको छैन । नगदे बालीको रुपमा फष्टाएको यी लागु औषधको खेती जिल्लाको ८२ गाबिस मध्ये करीब ६५ गाबिसमा झण्डै १० हजार बिगाहामा गरीएको छ । यस बर्ष पसा्र प्रहरीले चलाएको अभियान अन्तर्गत हाल सम्म करीब एक सय २५ बिगाहाको गाजा खेती मात्र नष्ट गर्न सकेको छ । किसानले लागु औषध खेतीको करीब आधा बाली भित्र्याई सकेका छन् र बाकी बाली पनि करीब दुई साता भित्र भित्र्याई सक्नेछन् । पसा्र प्रहरीले सशस्त्र प्रहरीसंगको सहकार्यमा यस बर्ष पहिलो चरणमा वन क्षेत्रविद्यालय गाबिस भवन सरकारी कार्यालय अगाडीको जग्गामा गरीएको गाजा खेती फडानीमा हात हालेको छ । फस ३ गतेबाट सुरु गरीएको यो अभियान तीन दिन सम्म मात्र संचालन गरेर रोकिएको थियो । माघ ९ गते पुनः प्रहरीले दोश्रो चरणमा यो अभियान थालेको छ । यस बिचमा निजी खेत करेसा बारीहरुमा गाजा खेती गरेकाहरुले धमाधम बाली काटेर भित्र्याउन सफल भएका छन् । पसा्रको शंकरसरैया बैरीयावीर्ता पटेर्वा सुगौली हरपुर बहुअर्वाभाठा सेढवा सखुवा प्रसौनी बिरुवागुठी जगरनाथपुर नगरदाहा गादी पोखरीया निचुटा महादेवपट्टि बिजबनिया जीतपुर परसवा सुगौली वीर्ता बागेश्वरी तित्रौना मधुवन मथवल धोरे झउवागुठी अमरपट्टी लगायतका गाबिसका कृषकहरुले गाँजा खेती बढी गरेका छन् । गाजा लागु पदार्थ भएकोले गृह मन्त्रालयबाट प्रत्येक बर्ष गाजा खेती रोक्न जिल्लामा निर्देशन गरे पनि कृषकहरुले दिने गरेको नजरानाको कारण पसा्रमा गाजा तथा अफिमको खेती रोक्न सकिएको छैन । दलालहरुको मार्फत कृषकहरुले गाजा खेती गर्दा तीन किस्तामा प्रहरी प्रशासनलाई पैसा बुझाउने गर्दछन् ।गाजाको बिउ देखी कटानी सम्म प्रति कट्ठा तीन देखी पाच हजार रुपैया बर्षेनी कृषकहरुले बुझाउदै आएका छन् । प्रत्येक बर्ष प्रहरीले गाजा काटने गरे पनि त्यो देखावटी मात्र हुने गरेको जन गुनासो रहने गरेको छ । यस बर्ष पनि एक महिना यता जिल्लामा प्रहरी प्रशासनले किसान र कारोबारीहरुसंग नजराना बुझ्न सुरु गरी सकेको आरोप लागेको छ । आफूहरुले यस बर्ष प्रति कठ्ठा तीन हजार रुपैयाको दरले प्रहरी प्रशासनका दलाल मार्फत रकम बुझाएको नाम नछापिदिने शर्तमा अधिकांश किसान तथा कारोबारीहरु बताउछन् । गाजा फडानी अभियानका लागि जिल्लामा प्रहरीले बर्षेनी बजेटको अभाव बताउदै पूर्ण रुपमा नष्ट गर्न नसकिएकोले दोस्रो पल्ट नष्ट गर्नलागेको जिल्ला प्रशासन कार्यालय पसा्रका प्रमुख यादव प्रसाद कोरालाले बताएकाछन । पसा्रका प्रमुख जिल्ला अधिकारी यादब कोईराला आफूसंग यकिन तथ्याङ्क नरहे पनि कूल खेती योग्य जग्गाको ८० प्रतिशत सम्म गाजा खेती भएको आफूलाई जानकारी आएको बताउछन् । उनी जिल्लाका सरोकारवाला सबै पक्षको सामूहिक प्रयासबाट मात्रै किसानलाई यी लागु औषधको खेती गर्नबाट निरुत्साहित गर्न सकिने बताउछन् । यस बर्ष पनि बजेटको अभाव र प्रहरी प्रशासनले मात्र होईन बुद्धी जिवी नागरिक समाजराजनितीक दल पत्रकार सर्ब जनाको सहयोग बिना गाजा फडानी सम्भव नरहेको पसा्रका प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठ बताउछन् । उनले श्रोत र जनशक्ति दुबैको अभावका कारण चाहेर पनि गाजा खेती फडानी अभियान तिब्र रुपमा संचालन गर्न नसकिएको बताए । जिल्लामा रहेको सबै प्रहरी जनशक्तिलाई एकै साथ यो अभियानमा परीचालन गर्ने अर्को तर्फ जिल्लाको शान्ति सुरक्षाको अवस्था बिगि्रन जाने भएकाले दुबै कुरालाई समान रुपमा ध्यान दिनु पर्ने अवस्था रहेको प्रउ श्रेष्ठ बताउछन् । आफूहरुले कारोबारीसंंग रकम लिएको आरोप निराधार रहेको दाबि गर्ने प्रउ श्रेष्ठ त्यो प्रमाणित भए जिल्ला तत्कालै छाडेर जाने चुनौती सम्म दिन्छन् । गाजा खेती पसे्रली किसानको जनजीवनसंंगै जोडिएकाले एकै पटक नष्ट गर्ने ढंगबाट अघि बढे बिष्फोट हुन सक्ने भएकाले किसानलाई यसको खेती गर्दै यो गलत हो भनि संझाउन सके मात्र यो खेती निरुत्साहित हुने उनको तर्क छ । जिल्लामा गाजा खेतीसंग अपराध जोडिएको कुरो स्वीकार्दै प्रउ श्रेष्ठ गाजा खेती र यसको ओसार पसारमा सुरक्षाका लागि हथियार खरीद गर्ने र त्यसै हथियारबाट अन्य अपराध गर्ने प्रवृत्ति जिल्लामा रहेको बताउछन् । जिल्लामा भारतिय लागु औषध कारोबारीहरुले गाजा खेती गरेको आफूले सुने पनि यसमा भारतिय भन्दा बढी दोषि नेपालीनै नभएको उनको धारणा छ । जिल्लामा यस बर्ष दुई देखी तीन हजार बिगाहा जग्गामा मात्रा गाजा खेती गरीएको आफूले अनुमान गरेको प्रउ श्रेष्ठ बताउछन् । वीरगंज चिनी कारखाना बन्द भए पछि पसा्रका कृषकहरुको नगदे बालीको रुपमा गाजा र अफिम खेती तर्फ झुकाव बढेको हो । अधिकांश किसानको यस्तै भनाई रहेको छ । यहा उत्पादित गाजा र अफिम तस्करी भई भारतको बिभिन्न सहरहरुमा पुग्ने गर्दछ । गाजाको खेतीमा स्थानिय शक्तिशाली नेताहरु समेत संलग्न हुने गरेको र गाजा कटानी हुनबाट रोक्न उनीहरु स्थानिय प्रशासन देखी गृह मन्त्रालय सम्म सकृय हुनुको साथै कृषकहरुद्वारा उठाईएका पैसा पुर् याउने गर्दछन् । अघिल्ला बर्षहरुमा जस्तै यस बर्ष पनि पसा्रमा प्रतिबन्धित लागु औषधहरु ग्ााँजा र अफिमको खेती व्यापक मात्रामा गरीएको छ । सम्भवतः मुलुकमै सबै भन्दा बढी लागु औषधको खेती पसा्र जिल्लामा हुने गरेको छ । जिल्लाका अधिकांश किसानले यस बर्षको लागि यी दुबै लागु औषधको रोपाई सकेका छन् । माघ फागनु महिना सम्ममा यी बाली तयार भई सक्छन् । जिल्लाका ८२ गाबिस मध्ये करीब ५५ गाबिसमा गाँजा र अफिमको खेती पनि ठूलो परीमाणमा भई रहेको छ । शंकरसरैया बैरीयावीर्ता पटेर्वा सुगौली हरपुर बहुअर्वाभाठा सेढवा सखुवा प्रसौनी बिरुवागुठी जगरनाथपुर नगरदाहा गादी पोखरीया निचुटा महादेवपट्टि बिजबनिया जीतपुर परसवा सुगौली वीर्ता बागेश्वरी तित्रौना मधुवन मथवल धोरे झउवागुठी अमरपट्टी लगायतका गाबिसका कृषकहरुले गाँजा खेती बढी गरेका छन् । गाँजा र अफिम लागु पदार्थ भएकोले गृह मन्त्रालयबाट प्रत्येक बर्ष गाजा खेती रोक्न जिल्लामा निर्देशन गरे पनि कृषकहरुले दिने गरेको नजरानाको कारण पसा्रमा गाजा तथा अफिमको खेती रोक्न सकिएको छैन । दलालहरुको मार्फत कृषकहरुले गाँजा खेती गर्दा तीन किस्तामा प्रहरी प्रशासनलाई पैसा बुझाउने गर्दछन् । यस्तो पैसा जिल्ला मार्फत प्रहरी प्रशासनको केन्द्र सम्म पुग्ने गरेको जनगुनासो रहदै अँएको छ । गाँजाको बिउ देखी कटानी सम्म प्रति कट्ठा तीन देखी पाच हजार रुपैया बर्षेनी कृषकहरुले बुझाउदै आएका छन् । प्रत्येक बर्ष प्रहरीले गाँजा काटने गरे पनि त्यो देखावटी मात्र हुने गरेको जन गुनासो रहने गरेको छ । गाँजा खेतीको कारण समय समयमा हुने गरेको डकैती र तस्करहरुबिचको समुह भिडन्तका कारण कतिपय मानिसहरुको मृत्यु समेत हुने गरेको छ । गत बर्ष करीब दुई हजार बिगाहामा गाजा कृषकहरुले रोपेकोमा पसा्र प्रहरीले करीब दुई सय बिगाहामा लगाईएको गाँजा मात्र फडानी गर्न सकेको थियो । यस बर्ष पनि गत बर्षकै हाराहारीमा जिल्लामा गाँजा खेती गरीएको अनुमान गरीएको छ । ती मध्ये धेरै जसो यस्ता गाउहरुमा रहेका प्रहरी चौकीको अगाडी पछाडीनै गाँजा अफिम खेती गरीएको दृश्य सहजै देख्न सकिन्छ । बिगतमा जनयुद्ध कालमा गाउका प्रायः सबै प्रहरी ईकाईहरु मर्ज भई सदरमुकाम आएको मौका छोपी यी लागु औषधको खेती व्यापक मात्रामा हुने गरेकोमा तीन बर्ष यता बिस्थापित भएका सबै प्रहरी ईकाई पुर्नस्थापना भई सकेको र करीब दुई दर्जन सशस्त्र प्रहरी ईकाईहरु समेत थपिएकोमा दुबै प्रहरी ईकाईहरुको मिलेमतो र संरक्षणमै यी लागु औषधको खेती भई रहेको जनगुनासो व्याप्त रहेको छ । यस बर्ष ईलाका प्रहरी कार्यालय सेढवाको ५० मिटर अगाडी र पछाडी सयौं बिगाहामा गाजा खेती गरीएको छ । त्यस्तै नेपाल भारत सीमाना भएको प्रहरी चौकी धोरे पोखरीया जानकीटोलाको छेउछाउमा पनि प्रशस्त मात्रामा गाँजा खेती गरीएको छ । जिल्लाका किसानलाई यी लागु औषधको खेती नगदे बाली साबित भएको छ । सदरमुकाम वीरगंजसंगै जोडिएको गाबिसहरु अलौं बिन्दवासीनीमा समेत ठूलो परीमाणमा यी लागु औषधको व्यावसायिक खेती गरीएको छ । बिन्दवासीनी गाबिसका एक लागु औषध किसानले गाँजा खेती गर्दा प्रति कट्ठामा प्रहरीलाई तीन हजार रुपैया घुस दिएर पनि अन्त्यमा न्युनतम नौं हजार रुपैया सम्म मुनाफा जोगिने गरेको बताए । धान खेतीको तुलनामा झन्डै दोब्बरी आम्दानी भए पछि किसान या त आफै लागु औषध खेती गर्छन् या भारतिय लागु औषध कारोबारीहरुलाई आफ्नो जग्गा मोटो रकममा यी लागु ओषधको खेती गर्न भाडामा दिन्छन् । पसा्रमा धेरै अघि देखी धेर थोर रुपमा गाँजा खेती हुदै आएता पनि सात बर्ष अघि यस क्षेत्रकै सबै भन्दा ठूलो उखु खरीदकर्ता उद्योग वीरगंज चिनी कारखाना बन्द भए पछि यहाका किसान बैकल्पिक नगदे बालीको रुपमा गाँजा र अफिम खेती तर्फ आकर्षित भएका हुन् । बर्षेनी यीनको खेतीको क्रम बढदै गएको छ । यहा उत्पादित गाजा र अफिम तस्करी भई भारतको बिभिन्न सहरहरुमा पुग्ने गर्दछ । गाजाको खेतीमा स्थानिय शक्तिशाली नेताहरु समेत संलग्न हुने गरेको र गाजा कटानी हुनबाट रोक्न उनीहरु स्थानिय प्रशासन देखी गृह मन्त्रालय सम्म सकृय हुनुको साथै कृषकहरुद्वारा उठाईएका पैसा पुर् याउने गर्दछन् । यस बारे पसा्रका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुबोध घिमिरेको प्रतिकि्रया लिने पटक पटक प्रयास गर्दा उनी सम्पर्कमा आउन चाहेनन् । । ुप्रहरी ईकाईकै छेउ छाउमा कुनै अनैतिक काम भई रहेको छ भने त्यसलाई रोक्नु प्रहरीको पहिलो कत्र्तव्य हुन्छु-उनले भने । प्रहरीको यस तर्फ कार्यान्वयन पक्ष बलियो हुनु पर्ने उनी बताउछन् । |
New Email names for you!
Get the Email name you've always wanted on the new @ymail and @rocketmail.
Hurry before someone else does!
0 comments:
