म्ाधेशी जनअधिकार फोरम नेपालको बिरोध सभा समपन्न
श्ोखर छतकुली
बीरगंज माघ २० गते
म्ाधेशी जनअधिकार फोरम नेपालका केन्द्रिय सदस्य लालबाबु राउत गद्धीले कोईराला प्रचण्ड र नेपाल यी तिन पार्टीका शिर्ष नेताहरु संबिधान नबनाउने षडयन्त्र गरिरहेको आरोप लगाएकाछन । मधेशी जनअधिकार फोरम नेपाल पसा्रले आज बिरगंजको घंटाघरमा आयोजना गरेको तेस्रो चरणको अन्तिम दिन बिरोध सभालाई सम्बोधन गर्ने क्रममा यस्तो आरोप लगाउनु भएको हो । के स गद्धीले देश संघियतामा नजाओस भनेर षडयन्त्र भई रहेको पनी आरोप लगाएकाछन । के स गद्धीले आजका दिनमा मधेशीहरुलाई जुन अधिकार प्राप्त हुन गईरहेको छ त्यो मधेश आन्दोलनको देन भएको बताएकाछन ।
बिरोध सभामा बोल्दै फोरम नेपाल पसा्रका अध्यक्ष शशी कपुर मियाले मधेश राज्यको स्थापना नभएसम्म आफनो आन्दोलन जारी रहने बताएकाछन । उक्त बिरोध सभामा बोल्दै अध्यक्ष मियाले मधेशमा दुई वटा होईन एउटा मात्र राज्यकेा घोषणा हुनु पर्ने टिप्पणी गर्नु भयो
कार्यक्रममा सभासद आत्मा राम साह महिला फोरमकी केन्द्रिय उपाध्यक्ष मिनी िसंह स्वासथयकर्मी संघका बाल किसोर यादव उपाध्यक्ष प्रदिप यादवमधेशी श्रमिक संघका केन्द्रिय अध्यक्ष बिन्देशवर यादव युवा प्रुन्टका फिरोज मंसुर लगाएतको उपस्थिती रहेकोथियो
0 comments:
