शेाखर छतकुली
बीरगंज माघ १९ गते
भौतिक योजना तथा निर्माण सहायक मन्त्रि कलावती पासवानले उच्च स्तरीयुसंयन्त्रले मधेशलाई धोका दिने षडयन्त्र गरी रहेको आरोप लगाएकी छिन् ।
सोमबार वीरगंजमा कि्रयाशिल युवा पत्रकार मंच पसा्रले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो आरोप लगाएकी हुन् । माधव कुमार नेपालकै नेतृत्वको सरकारमा रहेर पनि कसरी संयन्त्रलाई षडयन्त्र देख्नु भयो भनि संचारकर्मीले जिज्ञासा राख्दा सहायक मन्त्रि पासवानको जवाफ यस्तो थियो । मलाई शंका लागेको छ संयन्त्रले संघियता चाहिदैन १४ प्रदेश हुनु पर्छ भनी रहेको छ राज्यहरु हिमाल पहाड तराई मिलाएर उत्तर दक्षिण बनाउनु पर्छ भनि रहेको छु । आईतबार राति जिल्ला विकास समिति बाराको बोर्डको बैठक चली रहदा त्यहा हस्तक्षेप गरी निमित्ति स्थानिय विकास अधिकारी श्यामसुन्दर मिश्रालाई हातपात गरेको आरोप लागेर विवादमा तानिए पछि आफूले उक्त प्रकरण बारे आफ्नो भनाई राख्न पत्रकार सम्मेलन गरेको सहायक मन्त्रि पासवानले बताएकी थिईन् । जिबिस बाराको बोर्ड बैठकले उक्त कार्यालयबाट आव ०६५÷०६६ को लागि ढुंगा बालुवा गिट्टी निकासीको कर संकलन गर्ने ठेक्का पाएको ठेकेदार यादब टे्रडस्रलाई दुई करोड २० लाख रुपैया मिनाहा दिने निर्णय बहुमतबाट गरे पछि आफूले हस्तक्षेप गरेर जिबिसलाई प्रत्यक्ष घाटा हुने काम गर्नबाट रोक्न खोजेको सहायक मन्त्रि पासवानले जिकिर गरीन् । पाच करोड ९१ लाख रुपैयामा ठेक्का सकार गरेको ठेकेदारले ठेक्का अवधि भर ७९ दिन बन्द हडताल भएकाले आफूलाई घाटा लागेको भनि ठेक्का रकम छुटको प्रस्ताव गरे पछि जिबिसको प्रमुख आम्दानीको स्रोत मार्ने षडयन्त्र भएकाले आफूले हस्तक्षेप गर्नु परेको उनको जिकिर थियो ।
। पत्रकार सम्मेलनमा सहायक मन्त्रि पासवानले आफूले संचार माध्यमहरुबाट सार्वजनिक भए जस्तै स्थानिय विकास अधिकारी मिश्रालाई हातपात नगरेको जिकिर गर्दै आफ्नो चरीत्र हत्या गर्ने प्रयास गरीएको समेत बताईन् । स्थानिय विकास मन्त्रालय आफ्नो मन्त्रालय नभए पनि जिल्लाबासीको माग पछि आफूले जिल्ला विकास समितिको काम कारवाहीमा प्रत्यक्ष हस्तक्षेप गरेको उनले उक्त अवसरमा जिकिर गरेकी थिईन् । उनले फोरम लोकतान्त्रिक मात्र नभई फोरम नेपाल एमाले नेपाली काग्रेस र राष्ट्रिय जनमोर्चाका बोर्ड प्रतिनिधिको समेत बिरोध हुदा हुदै स्थानिय विकास अधिकारी मिश्रा र जिबिस ईन्जिनियर मेघु जैसवालले साना दलका बोर्ड प्रतिनिधिहरुलाई खरीद गरेर राति आठ देखी १२ बजेको समय पारेर जिबिस बोर्डको बैठक बोलाएर गलत काम गर्ने प्रयास गरेको उनको आरोप थियो । उनले ठूला दलका प्रतिनिधिले बोर्डको बैठकमा फरक मत राख्दा राख्दै पनि एमाओवादी र साना दलका बोर्ड प्रतिनिधिहरुले आफूखुशि गरेको बताईन् । सरकारमा सहभागी ठूला दलहरुको भावनाको कदर नगरेर सडकमा रहेका दलहरुले एकपक्षिय ढंगबाट काम गर्न खोजेको उनको जिकिर थियो । ठूला दलको भावनाको कदर हुनका लागि बहुमतले निर्णय गर्ने लोकतान्त्रिक पद्धतिले पनि फरक नपार्ने उनले पटक पटक बताएकी थिईन् ।
उक्त बोर्ड बैठकले गरेको निर्णयमा पाच दलका प्रतिनिधिले फरक मत राख्न माईन्युटको माग गर्दा स्थ्ाानिय विकास अधिकारी मिश्राले उक्त माईन्युट बेपत्ता बनाएको र राति करीब १२ बजे पाच दलका प्रतिनिधिहरुले छुट्टै रजिष्टरमा आफ्नो फरक मत उल्लेख गरेको सहायक मन्त्रि पासवानले बताईन् । उनले जिबिस बाराको कार्यालयमा यो घटनाक्रम चली रहदा स्थानिय विकास अधिकारी मिश्रा र ईन्जिनियर जैसवालले बोलाएका करीब दुई तिन सय व्यक्तिहरुले जिबिस बारा कार्यालयको गेटमा आई आफूलाई अपशब्द गाली गलौज गर्दै कार्यालय बाहिर आए लगत्तै मार्ने आफ्नो छोरा र पतिको समेत ज्यान मार्ने सम्मको धम्की दिएको उनले आरोप लगाईन् । आफ्ना सहयोगी फोरम लोकतान्त्रिक बाराका अध्यक्ष मोबाईलमा पनि पटक पटक यस्तै खाले धम्की आई रहेको उनको दाबि थियो । स्थानिय निकायका कार्यालय बन्द रहेको र आफूलाई सधै भूमिगत समूहले धक्मी दिएको बताउदै कार्यालयमै नबस्ने स्थानिय विकास अधिकारीले रातको समयमा गलत काम गर्न बोर्ड बैठक बोलाएको बताउदै भ्रष्ट एलडिओ र ईन्जिनियरलाई सरकारी तवरबाट कारवाहीको नगराए सम्म आफू चुप लागेर नबस्ने उनले चेतावनी दिएकी थिईन्
0 comments:
