पत्रकारलाई धम्की दिएको घटनाको बिरोध
शेखर छतकुली
बीरगंज माघ १८ गते
वीरगंजका पत्रकार नरेश सर्राफलाई तस्करहरुले शनिबार राति गरेको अभद्र व्यवहारको सन्चार सम्बद्ध संघसंस्थाहरुले निन्दा गरेका छन् । कि्रयाशिल युवा पत्रकार मंच पसा्रका सदस्य तथा रेडियो वीरगंज राष्ट्रिय सहारा दैनिक र नेशनल टेलिविजनका संवाददाता रहेका सर्राफलाई शनिबार राति करीब ११ बजे काम सकेर घर तर्फ जादै गर्दा वीरगंजको छपकैंयमा तस्करहरुको समूहले अभद्र व्यवहार गरेका थिए ।
कि्रयाशिल युवा पत्रकार मंंच पसा्रले आईतबार प्रमुख जिल्ला अधिकारी यादब कोईरालालाई उक्त घटनाको बिरोधमा ज्ञापन पत्र बुझाउदै यस्ता घटनालाई तत्काल नियन्त्रण गरी पत्रकार साहलाई शान्ति सुरक्षाको व्यवस्थाको माग गरेको छ । पत्रकार महासंघ पसा्र राष्ट्रिय फोटो पत्रकार समूह पसा्रको पदाधिकारी समेत सम्मिलित संचारकर्मीहरुको टोलीले डेलिगेशन दिई उक्त ज्ञापन पत्र बुझाएको हेा ।
ज्ञापन पत्रमा साहलाई गरीएको गाली गलौज र अभद्र व्यवहार प्रती मंचको गम्भिर ध्यानाकर्षण भएको भन्दै यसरी पटक पटक तस्करहरु त्ाथा विभिन्न क्षेत्रबाट आफ्नो कालो धन्दा बचाई राख्न गरिने हरकतहरु पुर्णरुपले रोकियोस र पत्रकार जगतले आफ्नो स्वतन्त्र पुर्वक काम गर्ने अधिकार सुरक्षित गरिनु पर्ने माग गरीएको छ । स्थानिय सुरक्षाहरुकै आडमा राजस्व छली अनैतिकरुपमा कारोबार गर्नेहरु तस्करहरु ले साचार कर्मीहरुलाई ज्यान मार्ने धम्की दिदै आफ्नो गलत कारोबारलाई बचाई राख्ने प्रयास गरेको ज्ञापन पत्रमा उल्लेख छ ।
स्वतन्त्ररुपमा आफ्नो विचार सम्प्रेषण गराउने भए पनी उलङघन गराउने प्रयास भईरहेकोले त्यसलाई नियन्त्रन गरी सबै नागरिकलाई शान्ती सुरक्षा दिन ज्ञापन पत्रमा माग गरीएको छ । धम्की आउने जस्ता कुराहरु रोकिएन भने आउदो दिनमा सम्पुर्ण साचारकर्मीहरु पनि सडकमा ओर्लन बाध्य हुने ज्ञापन पत्रमा भनिएको छ । मंचका सचिव अली असगर देवानले उक्त ज्ञापन पत्र बुझाएका थिए ।
पत्रकार साहले केही दिन अघि प्रहरीको संरक्षणमा वीरगंजमा तस्करी भई रहेको समाचार सम्प्रेषण गरेका थिए
0 comments:
