शेाखर बहादुर क्षेत्री
बीरगंज माघ १७ गते
स्वायत्त मधेश प्रदेशको माग सहित मधेशी जनअधिकार फोरमको जारी तेस्रो मधेश आन्दोलन अन्तर्गत आईतबार वीरगंजमा फोरम पसा्रले कालो झन्डा प्रदर्शन तथा लाठी जुलुश निकालेको छ । फोरमले पूर्व घोषित कार्यक्रम अनुसार कालो झण्डा प्रदर्शन जुलुश र शुक्रबार वीरगंजमा उपप्रधानमन्त्रि तथा फोरम लोकतान्त्रिकका केन्द्रीय अध्यक्ष बिजयकुमार गच्छेदारलाई कालो झण्डा देखाउन खोज्ने फोरम पसा्रका कार्यकर्ता उपर प्रहरीले दमन गरेको बिरोधमा उक्त जुलुसमा लाठी समेत प्रदर्शन गरेको मधेशी जनअधिकारफोरम नेपाल पसा्रका अध्यक्ष शशी कपुर मियाले बताएका छन । ।
फोरम पसा्रका अध्यक्ष मियाको नेतृत्वमा घंटाघरबाट निकालिएको जुलुश ्रनगर परीक्रमा गर्दै माईस्थान हुदै घंटाघरमा आई कोणसभामा परीणत भएको थियो । बिरोध जुलुशको समापन पछि घण्टाघरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै फोरमका केन्द्रीय सदस्य लालबाबु राउत फोरम पसा्रका अध्यक्ष शशिकपुर मिया श्रमिक फोरमका केन्द्रीय अध्यक्ष बिन्देश्वर यादब युवा फोरमका केन्द्रीय महासचिव फिरोज मंसुर विद्यार्थी फोरमका जसवन्त यादब महिला फोरमकी मिनी िसंह लगायतकाले सम्बोधन गर्दै सरकारले फोरमको मागलाई सम्बोधन नगरे माघ २० पछि सशक्त आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका थिए । तेस्रो आन्दोलनको पहिलो चरणको आन्दोलन आज समाप्त भएको छ ।
0 comments:
