शेखर छतकुली
बीरगंज माघ १६ गते
उप प्रधानमंत्री तथा मधेशी जनअधिकार फोरम लोकुतान्त्रीक पार्टीका अध्यक्ष विजयकुमार गछेदारले आर्थिकको विकास नभएसम्म देश र मुलुकको कहिले विकास नहुने बताउनुभएको छ ।
वीरगंज आई पुगेका उपप्रधानमन्त्रि बिजय कुमार गच्छदारसंग शनिबार वीरगंज उद्योग वाणिज्य संघमा आयोजित भेटघाट कार्यक्रममा उद्योगी व्यवसायीहरुलाई यस्तो कुरा बताएका छन ।
वीरगंजका उद्योगी व्यवसायीेले सरकारसंग यस क्षेत्रमा खस्किएको शान्ति सुरक्षाको स्थितिमा तत्कालै सुधारको माग गरेका छन् । उक्त अवसरमा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश सिकारीयाले शान्ति सुरक्षाको स्थितिमा सुधार सिमरा विमानस्थललाई अन्र्तराष्ट्रिय विमानस्थलको रुपमा विकास गर्न सम्भाव्यता अध्ययन वीरगंजमा चक्रपथ निर्माणको लागि पहल वीरगंजको विकासलाई योजनाबद्ध रुपमा लग्ने तथा पसा्रको ग्रामिण भेकमा पक्की सडकको संजालको निर्माणको माग गरेका थिए ।
जवाफमा बोल्दै भौतिक योजना निर्माण मन्त्रि समेत रहेका गच्छदारले हाल सुरक्षाकर्मीको मनोबल खस्केको अवस्था रहको बताउदै शान्ति सुरक्षाको स्थिति बिस्तारै सुधार आउदै गरेको दाबि गरेका थिए । उनले वीरगंजमा चक्रपथ निर्माण आवश्यक रहेको आफूले महशुस गरेको बताउदै यसका लागि तत्कालै पहल गर्ने बताएका थिए ।
संविधान निर्माण कार्यमा उद्योगी व्यवसायीहरुलाई खुलेर सहयोग गर्न आग्रह गर्दै गच्छदारले माओवादी सेनालाई व्यवस्थापन गर्न सकेमा मुलुकलाई एउटा ट्रयाकमा ल्याउन सहज हुने बताएका थिए । उनले मुलुक हाल एकदमै द्वन्दको अवस्थाबाट गुज्री रहेकाले मुलुकको राजनितिक व्यवस्थापनै खराब रहेको टिप्पणी समेत गरेका थिए । राजनिति बिग्रेका कारण देश बिग्रेको उनको भनाई थियो ।
राजनितिक दलका ठूला नेताहरुले मुलुकलाई सहि दिशामा लग्न नसकेको आरोप लगाउदै उपप्रधानमन्त्रि गच्छदारले नौं महिना शासन गरेको एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई असक्षम रहेको आरोप पनि लगाए । आर्थिक विकास बिना मुलुकको कहिल्यै विकास नहुने बताउदै गच्छदारले उद्योग वाणिज्य संघले चाहेमा कुनै पनि सरकारलाई घुडा टेकाउन सक्ने बताए । मुलुक बनाउन राजनितिक मात्र नभई औद्योगिक व्यापारीक क्षेत्र पनि कम्मर लाग्नु पर्ने अवस्था आएको उनको भनाई थियो । ।
उक्त अवसरमा कृषि मन्त्रि मृगेन्द्र यादबले शान्ति सुरक्षाको स्थितिमा बिस्तारै सुधार आउने बताएका थिए । वीरगंज उद्योग वाणिज्य संघका बरीष्ठ उपाध्यक्ष अशोक टेमानीले उद्योगी व्यवसायीले समयमै संविधान निर्माण होस् भन्ने चाहेको बताउदै संविधान निर्माण पछि मात्र मुलुकमा स्थिरता आउने बताएका थिए । उनले सबै नेता तथा मन्त्रिहरुले वीरगंजलाई आर्थिक राजधानी भनि सम्बोधन गर्ने गरेको तर सरकारी स्तरबाट त्यस्तो कुनै मान्यता नदिईएकाले यहाका उद्योगी व्यवसायीले आफ्नै लगानीबाट आर्थिक राजधानीको स्वरुप दिने प्रयास गरेकाले यसलाई सुव्यवस्थित आर्थिक राजधानीको रुपमा राज्यले केन्द्रीय स्तरबाटै घोषणा गर्नु पर्ने माग राखेका थिए ।
टेमानीले ४० अर्ब रुपैया लगानी रहेको क्रसर उद्योगलाई सरकारले एकतर्फी निर्णय गरी बन्द गर्ने काम गरेकाले यसबाट करीब पाच लाख मजदुर बेरोजगार हुने भएकाले उपप्रधानमन्त्रिले यस बारे तत्कालै सरकारले पुर्नबिचार गर्न पहल गरी दिन आग्रह गरेका थिए । उनले नया नेपालमा उपप्रधानमन्त्रिले नेतृत्व गरेको फोरमको आर्थिक निति के हुने हो त्यसको रोडम्याप सार्वजनिक गरीदिन समेत आग्रह गरेका थिए ।
0 comments:
